सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’ « Khabarhub

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा रहेको नयाँ गीत ‘चुलबुले नानी’ सार्वजनिक भएको छ। लोक शैली, आधुनिक प्रस्तुति र आकर्षक नृत्यको संगम रहेको यो गीतको भिडियोले सामाजिक सञ्जालमा तर्चित छ ।

लोक–नृत्य शैलीमा तयार पारिएको गीतमा आशिष अविरलको संगीत रहेको छ भने शब्द रिमा श्रेष्ठले रचना गरेकी हुन्। गीतको म्युजिक भिडियोमा कलाकार सुरेश कोहली र जुना सुन्दासको अभिनय तथा नृत्य देख्न सकिन्छ ।

सोनाम पाख्रिनको निर्देशनमा बनेको भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले र सहायक कोरियोग्राफी माधव ढुङ्गानाले गरेका हुन्। कुशल सिंह निलले एरेन्ज गरेको गीतको रेकर्डिङ शिशिर परियार र कृष्ण लामिछानेले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ आशिष अविरलले नै गरेका छन्। गीतको रेकर्डिङ रागा रेकर्ड्स एण्ड रिसर्च सेन्टरमा भएको हो।

सिनेमेटोग्राफर उत्सव दाहालले छायांकन गरेको यो भिडियोको सम्पादन बिजेश पौडेलले गरेका छन्। भिडियोमा ज्योति केसीको मेकअप, दिपेन गौतम माइकलको प्रोडक्सन म्यानेजर र कुशल गुरुङको निर्माण रहेको छ।

यसअघि देशभक्ति, आधुनिक तथा प्रेमभावका गीत लेख्दै आएकी गीतकार रिमा श्रेष्ठले नेपाली कला, भाषा र संस्कृतिलाई गीत–संगीतमार्फत प्रवर्द्धन गर्ने प्रयास गर्दै आएकी छन्।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  १० : ३१ बजे

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट