आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर « Khabarhub

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबीच पारस्परिक मान्यता सम्झौता नवीकरण तथा विस्तार भएको छ । 

नयाँ दिल्लीस्थित आइसिएआई भवन, इन्द्रप्रस्थ मार्गमा आयोजित एक विशेष समारोहमा २९ सेप्टेम्बर २०२६ मा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । यो सम्झौता आगामी ५ वर्ष अर्थात् २० अक्टोबर २०३० सम्मका लागि विस्तार गरिएको छ ।

सम्झौता पत्रमा आइक्यानका अध्यक्ष सिए आनन्दराज शर्मा वाग्ले र आइसिएआईका अध्यक्ष सिए प्रसन्न कुमार डी. ले हस्ताक्षर गरेका छन् । 

हस्ताक्षर समारोहमा आइक्यानका उपाध्यक्ष सिए हेमकुमार काफ्ले, आइसिएआईका उपाध्यक्ष सिए मंगेश किनारे, आइक्यानका कार्यकारी निर्देशक सिए विमल डङ्गोल, आइसिएआई काउन्सिलका सदस्यहरू तथा दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार दुवैमध्ये कुनै पनि संस्थाबाट योग्यता हासिल गरेका चार्टर्ड एकाउन्टेन्टहरूले अर्को संस्थाको तोकिएको परीक्षा उत्तीर्ण गरी पूर्व योग्यताको आधारमा सदस्यता प्राप्त गर्न सक्नेछन्। यो व्यवस्था आफ्नै संस्थाको नियमित शिक्षा र तालिमको माध्यमबाट उत्तीर्ण भई असल स्थितिमा रहेका सदस्यहरूका लागि मात्र लागू हुनेछ ।

यसका साथै सम्झौताले आर्टिकल्सिप तालिमको मान्यता प्रदान गर्ने व्यवस्था समेत गरेको छ । यद्यपि, अर्को संस्थामा आबद्ध हुने सदस्यहरूको व्यावसायिक अभ्यास गर्ने अधिकार भने सम्बन्धित देशको प्रचलित कानुन तथा नियमावली अनुसार निर्देशित हुनेछ ।

सम्झौता हस्ताक्षर हुनुअघि आइक्यानका पदाधिकारीहरूका लागि दुई दिने एक्सपोजर तथा तालिम कार्यक्रम आयोजना गरिएको थियो । 

आइसिएआईका पदाधिकारीहरूले सञ्चालन गरेको सो सत्रमा सिए शिक्षाका नवीन प्रवृत्ति, निरन्तर व्यावसायिक शिक्षा, डिजिटल रूपान्तरण र आर्टिफिसियल इन्टेलिजेन्स, परीक्षा व्यवस्थापन तथा नियामक विषयहरूमा अनुभव आदानप्रदान गरिएको थियो । 

यस कार्यक्रमले दुवै संस्थालाई आफ्ना प्रणाली, प्रक्रिया र अभ्यासका अनुभव साटासाट गर्न तथा भावी सहकार्यका सम्भावित क्षेत्रहरू पहिचान गर्न सहयोग पुर्याएको छ ।

आइक्यान र आइसिएआईबीचको एमआरएको विस्तारलाई दुवै संस्थाबीचको सम्बन्धमा अर्को महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा लिइएको छ । यसले नेपाल र भारतका चार्टर्ड एकाउन्टेन्टहरूका लागि व्यावसायिक गतिशीलताको निरन्तर अवसर खुला गर्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ५ : ५३ बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये