धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते « Khabarhub

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मिथिला नगरपालिका–३ लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालक ३६ वर्षीय हरि महतोको मृत्यु भएको हो। महतो औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी ढुवानी गर्ने क्रममा टिपर पल्टिँदा महतो गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६ गोदारका ३० वर्षीय हरि बिक घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, क्षिरेश्वरनाथ नगरपालिका–९ औराहा टोलका ३२ वर्षीय श्रवण साहको करेन्ट लागेर मृत्यु भएको छ।

छिमेकीको घरमा विद्युत् मर्मत गर्ने क्रममा पोलमा चढेका साहलाई करेन्ट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ५ : ४९ बजे

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये