हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो « Khabarhub

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये आज थप आठ जनाको शव भेटिएको छ । 

यही असोज ११ गते गएको हिमपहिरोमा परी ज्यान गुमाउने आरोहीको सङ्ख्या १५ पुगेको छ । आज बिहान चार जनाको शव भेटिएकामा आजै दिउँसो थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

यसअघि सात जनाको शव भेटिएको थियो । हिम्लुङ हिमपहिरोमा परेर अझै एक जना हराइरहेका छन् । 

‘दुई जनाको शव सदरमुकाम चामे ल्याइएको छ, छ शव फूगाउँसम्म ल्याइएको छ’, सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने,’रात परिसकेकाले हेलिकप्टर उडान हुन सक्दैन । शुक्रबार अरु शव ल्याउँछौँ ।’ 
 
नेपाली सेनाको हेलिकप्टरमार्फत आज ती शव ल्याइएको हो । यसैगरी नेपाली सेनाको टोलीले स्थानीय तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा चामे गाउँपालिका–४ स्थित ठाडो खोलामा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव खुलाउने तथा अवरुद्ध विद्युत् प्रसारण लाइन सुचारु गर्ने कार्य पनि गरिरहेको छ । 

हिमालको आधार शिविरमा यही असोज ११ गते बिहान हिमपहिरो गएको थियो । उक्त क्षेत्रमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए)ले खोज तथा उद्धारका लागि ११ सदस्यीय उद्धार दक्ष टोली खटाएको छ ।  

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ७ : २४ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण