नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन « Khabarhub

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आर्थिक वर्ष २०८३–८४ को साउन, भदौ र असोज गरी तीन महिनामा पाँच अर्ब २४ करोड ८९ लाख ८५ हजार राजस्व सङ्कलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पबित्रकुमार खड्काले बताए ।

उनका अनुसार यो राजस्व सङ्कलन कुल लक्ष्यको २०.४ प्रतिशतमात्रै हो । साउनका लागि एक अर्ब ८३ करोड ४३ लाख ६८ हजार लक्ष्य रहेकामा एक अर्ब ६१ करोड १७ लाख ७३ हजार, भदौमा दुई अर्ब नौ करोड ६४ लाख २० हजार लक्ष्य रहेकामा एक अर्ब ७४ करोड १२ लाख ५१ हजार र असोज महिनामा दुई अर्ब ३५ करोड ८४ लाख ७४ हजार लक्ष्य रहेकामा एक अर्ब ८९ करोड चारस लाख सात हजार सङ्कलन भएको छ ।

साउन महिनामा मासिक लक्ष्यको ८७.८७ प्रतिशत, भदौमा ८३.०६ र असोजमा लक्ष्यको ८०.३१ प्रतिशत राजस्व सङ्कलन भएको छ । गत आव २०८२–८३ मा आफ्नो लक्ष्यअनुसारको राजस्व सङकलन गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयलाई चालु आव २०८३–८४ मा थप डेढ अर्ब बढी बढाएर लक्ष्य निर्धारण गरिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले गत आव २०८२–८३ मा २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व सङ्कलनका लागि लक्ष्य रहेकामा करिब ८१.८७ प्रतिशत अर्थात् २० अर्ब ११ करोड ५५ लाख एक हजारमात्रै असुली गर्न सकेको थियो ।

गत आवमा २० अर्ब ११ करोड राजस्व असुली गरेको नेपालगन्ज भन्सारलाई चालु आव २०८३–८४ मा २६ अर्ब २० करोड ५२ लाख ६५ हजार लक्ष्य निर्धारण गरिएको छ । जुन गत आवको वास्तविक असुलीभन्दा छ अर्बभन्दा बढी र गत आवको लक्ष्यभन्दा एक अर्ब ६५ करोड बढी हो ।

नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, ट्याक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयात बढी हुने गरेको छ भने जडीबुटीलगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ । राजस्व सङ्कलनको वार्षिक लक्ष्य पूरा गर्नका लागि आवश्यक कार्ययोजना बनाइएको सूचना अधिकारी खड्काले बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ६ : १२ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल