बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए « Khabarhub

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । सहारा मरुभूमिभन्दा दक्षिणतिर पर्ने साहेल भनिने बुर्किना फासोको उत्तरतर्फ इस्लामिक स्टेट र अल कायदाजस्ता इस्लामिक लडाकु समूहको सक्रियता रहँदै आएको छ ।

नाइजर र माली सँगको सीमानजिकै औडालान क्षेत्रमा इस्लामिक स्टेटको साहेल प्रान्त र अल कायदासँग सम्बद्ध जमात नुस्रत अल इस्लाम वाल मुस्लिमिन नामक समूहबीच बारम्बार झडप हुँदै आएको छ । पछिल्लो झडपका क्रममा यस क्षेत्रमा जमातका ४ सयभन्दा धेरै लडाकु मारिएको इस्लामिक स्टेटले दाबी गरेको छ ।

इस्लामिक स्टेटको दाबीको स्वतन्त्र पुष्टि भने नभइसकेको अरब सञ्चार माध्यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार तीन मुलुकको सीमा क्षेत्रमा अक्टोबर महिनाको दोस्रो सातादेखि दुई इस्लामिक लडाकु समूहबीच झडप सुरु भएको थियो ।

यस क्षेत्रमा इस्लामिक लडाकु गतिविधिको निगरानी गर्ने विश्लेषकहरुका अनुसार यो दुई समूहबीच भएको हालसम्मकै घातक भीडन्त हो । गत सेप्टेम्बर महिनामा पनि सोही क्षेत्रमा भएको भीडन्तमा परी २ सयभन्दा धेरैको ज्यान गएको इस्लामिक स्टेटले दाबी गरेको थियो ।

जानकारहरुका अनुसार सन् २०१९ देखि हालसम्म इस्लामिक स्टेट साहेल प्रान्त र अल कायदा सम्बद्ध जमात नुस्रत अल इस्लाम वाल मुस्लिमिनबीच ३ सय २० भन्दा धेरै पटक भीडन्त भइसकेका छन् । भीडन्तका कारण २ हजार २ सय जनाको ज्यान गइसकेको छ ।

यसअघि माली र बुर्किना फासोमा सीमित यस्ता भीडन्त पछिल्लो समय नाइजर र उत्तर पश्चिमी नाइजेरियासम्म विस्तार हुन थालेकोे छ । खासगरी सीमावर्ती क्षेत्रको नियन्त्रणका लागि यी दुई समूह आपसमा लड्ने गरेका छन् ।

दुर्गम र कठिन भौगोलिक क्षेत्रमा राज्यको उपस्थिती शून्यप्रायः रहेकाले यस क्षेत्र इस्लामिक अतिवादका लागि उर्वर भूमि रहँदै आएको छ । विगतमा इसलामिक लडाकुलाई परास्त गर्नका लागि फ्रान्सले यस क्षेत्रमा सैन्य अभियान सञ्चालन गरेको थियो ।

यी दुबै समूह स्थानीय बासिन्दालाई प्रभावमा पारेर आफ्नो समूहमा भर्ती गर्ने, व्यापारिक तथा चरन क्षेत्रमा नियन्त्रण जमाउने र स्रोत र साधनमा कब्जा जमाउन प्रतिस्पर्धा गर्दै आएका छन् ।

यस क्षेत्रमा अझै पनि अल कायदा आबद्ध जमात नुस्रत अल इस्लाम वाल मुस्लिमिन नै धेरै प्रभावशाली छ । यस समूहमा ७ देखि ८ हजार लडाकु रहेको अनुमान गरिन्छ ।

इस्लामिक स्टेटको साहेल प्रान्तमा भने २ हजार आसपास लडाकु संलग्न छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ४ : ५४ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका