नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन « Khabarhub

नख्खु कारागारबाट फरार ३० प्रतिशत कैदीबन्दी सम्पर्कविहीन


१७ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ललितपुर–  ललितपुरस्थित नख्खु कारागारबाट जेन-जी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते नख्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार २८० जना कैदीबन्दी फरार भएका थिए । 

कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार अवस्थामा छन् ।

नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायका अनुसार फरार कैदीबन्दीको खोजीकार्य निरन्तर जारी छ । उनले भने, ‘फरार कैदीबन्दीको खोजी नेपालभित्र मात्र नभई मुलुक बाहिरसम्म पनि भइरहेको छ । कानुनअनुसार सबै फरार कैदीबन्दीलाई कारागार फर्काउने अभियानमा हामी सक्रिय छौँ ।’

कारागार विभागले तोकेको समयसीमा अनुसार गत असोज २० गतेसम्म कारागारमा नफर्कने कैदीबन्दीलाई कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने जानकारी यसअघि सार्वजनिक गरिएको थियो । 

कारागार प्रशासनले फरार कैदीबन्दीको खोजी तथा नियन्त्रणमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबै पक्षलाई सहयोगका लागि आग्रह गरेको छ । 

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  २ : ५७ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार