समानुपातिक बन्दसूचीलाई लिएर ललितपुरको तीनै क्षेत्रका कांग्रेसीजन असन्तुष्ट « Khabarhub

समानुपातिक बन्दसूचीलाई लिएर ललितपुरको तीनै क्षेत्रका कांग्रेसीजन असन्तुष्ट


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर कांग्रेसका तीन वटै क्षेत्रले असन्तुष्टि जनाएका छन् ।  

प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूची ललितपुरबाट एक जनालाई पनि समावेश नगरिएको भन्दै कांग्रेस ललितपुरका तीन वटै क्षेत्रका सभापतिहरूले बिहीबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

उनीहरूले सूची संशोधन गर्ने म्यादभित्र ललितपुरबाट कम्तीमा प्रत्येक क्षेत्रबाट एक जनाको दरले तीन जनाको नाम सिफारिस गर्न माग गरेका छन् । आफ्नो मागको सुनुवाइ नभए ललितपुरको तीन वटै निर्वाचन क्षेत्रमा समानुपातिक मत घट्न गएमा जिम्मेवार नहुने चेतावनी दिएका छन् । 

असन्तुष्ट समूहको ध्यानाकर्षण बुझ्दै कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ध्यानाकर्षणका विषयमा पार्टी नेतृत्वलाई जानकारी गराइने बताए । 

उनले पार्टीको महाधिवेशनको तयारीकाबीच हतारमा समानुपातिक सूची बनाउँदा केही कमजोरी भएको हुन सक्ने भन्दै यसका कारण आगामी निर्वाचन पार्टीको भूमिकालाई कमजोर हुने काम नगर्न आग्रह गरे । 

कांग्रेस ललितपुरका तीन वटै क्षेत्रका सभापतिले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा आफूहरूले राखेको विषयमा कांग्रेस जिल्ला कार्यसमितिको पनि समर्थन रहेको जनाएका छन् । 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ३ : ५३ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको