कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : मिलाइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्र


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनका लागि भृकुटीमण्डप परिसरका विभिन्न स्थान उपलब्ध गराइदिन भृकुटीमण्डप व्यवस्थापन विभागलाई पत्राचार गरेको छ।

कांग्रेसले बिहीबार समाज कल्याण परिषद् अन्तर्गतको विभागलाई यही पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णयअनुसार आवश्यक स्थल उपलब्ध गराउन औपचारिक पत्राचार गरेको हो।

आयोजक समितिका सदस्य रमेश प्रसाद धमलाले परिषद् प्रमुखलाई सम्बोधन गर्दै सहयोगका लागि अनुरोध गरेका छन्।

पत्रअनुसार महाधिवेशनका लागि प्रदर्शनी हल र ठूलो चउर दुई दिनका लागि, बगैँचा एक दिनका लागि तथा मूलगेट छेउको चउर एक दिनका लागि माग गरिएको छ। 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ५ : १६ बजे

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं – प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई