भक्तपुर क्यान्सर अस्पतालद्वारा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर « Khabarhub

भक्तपुर क्यान्सर अस्पतालद्वारा तीन जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर

९ सय बढिको परिक्षण 


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर क्यान्सर अस्पतालले यही पुष १३ गतेदेखि १७ गतेसम्म खोटाङ, सिन्धुली र रामेछाप जिल्लामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । 

उक्त स्वास्थ्य शिविरमार्फत करिब ९०० जनाभन्दा बढी नागरिकहरू लाभान्वित भएका छन् । शिविरमा विशेषगरी प्याप स्मेयर परीक्षण, स्तन परीक्षण तथा अल्ट्रासाउन्ड परीक्षण सेवा प्रदान गरिएको थियो । ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै क्यान्सरको प्रारम्भिक पहिचान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने भक्तपुर क्यान्सर अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारीहरू तथा स्थानीय तह, सम्बन्धित निकाय र अन्य सहयोगी संस्थाहरू प्रति अस्पतालले हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ ।

भक्तपुर क्यान्सर अस्पतालले आगामी दिनहरूमा पनि यस्ता जनस्वास्थ्य हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ५ : ३९ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा