जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने… « Khabarhub

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू हुँदा हामी नेपाल संस्थाबाट पानी बाँड्न खटिएका सुदन गुरुङ अहिले संसद् यात्रामा छन् ।

भदौ २३ गते पानी बाँड्न पुगेका उनी भदौ २४ पछि जेन-जी आन्दोलनका नेता नै भए । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले त उनी र बालेन्द्र साहलाई छोरा नै भन्नसमेत भ्याइन् ।

प्रधानमन्त्रीको समेत विशेष माया पाएका यी दुवै पात्र यतिबेला चुनावी अभियानमा छन् । जनकपुरमा पुगेर आफूलाई मधेशको पुत्र भन्न भ्याएका बालेन्द्र त्यसपछि कहीँ कतै नबोली चुनावी अभियानमा छन् ।

उता उमेरले उनीभन्दा जेठा तर सम्बोधनका क्रममा भाइ भनिएका सुदन अहिले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार छन् । कुनै समय संविधान खारेज गर्नुपर्ने बताउने उनी त्यसपछि संसद् पुनर्स्थापना हुन सक्ने भन्दै हिँडे ।

तर अहिले उनी त्यही संविधानमातहत रहेर चुनावी अभियानमा छन् । गोरखा १ मा चुनावी अभियानका क्रममा उनले आफूलाई सुरक्षा थ्रेट भएकाले पीएसओ चाहिने माग पनि गरे ।

काठमाडौंका पूर्वमेयर बालेन्द्र अघिपछि सुरक्षाकर्मीको लस्कर लगाएर देश दौडाहामा हुँदा सुदनको चुनावी अभियानमा त्यो देखिँदैन । उनले आफ्नो गृहजिल्ला भन्दै आएको गोरखामा कसबाट असुरक्षा भएको खुलाएका छैनन् । तर उनले पनि चुनावी अभियानमा सुरक्षाकर्मी अघिपछि लगाएर हिँड्न जिल्ला प्रशासन कार्यालयमा पत्र नै लेखेका छन् ।

गोरखामा चुनावका लागि खटिइरहँदा उनी पटक पटक विवादित अभिव्यक्ति दिइरहन्छन् । सम्बन्धित विषय वस्तुको ज्ञान अभावमा उनले दिएका अभिव्यक्ति विवादमा पर्ने गरेका छन् ।

पछिल्लो पटक सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा उनी नेपालका प्रथम प्रधानमन्त्री भनिएका भीमसेना थापाबारे बोलिरहेका छन्।

चुनाव प्रचारका क्रममा अघिपछि सहयोगीसहित हिँडिरहेका उनले भाइरल भएको उक्त भिडियोमा नेपालका प्रथम मुख्तियार थापाबारे शब्दको प्रयोगमा ध्यान नदिई अन्य अर्थ लाग्ने गरी बोलेका छन् ।

‘भीमसेन थापा भन्ने मान्छे छ भन्ने त थाहा छ । उसले धेरै योगदान गरेको छ, धेरै काम गरेको छ। नेपालको पहिलो प्रधानमन्त्री पनि हो। नेपालको पहिलो मतियार पनि हो’, उनी उक्त भिडियोमा भनिरहेका छन् ।

खासमा उनले भन्न खोजेको ‘मुख्तियार’ थियो तर अरू कसैले सुनाइदेको कथा वर्णन गर्ने क्रममा थापालाई ‘मतियार’ भनिदिए ।

उनले भीमसेन थापालाई ‘मतियार’ भनेपछि सहयोगीले छेउबाट तत्कालै सच्याइदिए, ‘मतियार’ होइन ‘मुख्तियार’,‘मुख्तियार’। अनि सुदन पनि भन्न थाले, ‘ए मैले ‘मतियार’भनेर, होइन ‘मुख्तियार’ नै भनेको हो । अघि नै मतियार भनेकी क्या हो मैले, भीमसेन थापा ‘मतियार’ होइन, ‘मुख्तियार’है ‘मुख्तियार’।’

उनी अहिलेसम्म भीमसेन थापाको जन्मथलो यहाँ हो भन्ने आफूलाई थाहा नभएको पनि बताउँछन् । ‘म यहाँ आएकै थिएन, भीमसेन थापा जन्मेको थलो यहाँ छ भन्ने थाहा पनि थिएन । भीमसेन थापा छ, उहाँ गोरखामा जन्मिएको हो भन्ने थाहा भयो’, उनी भन्छन्, ‘तर अझैसम्म पनि हामीलाई थाहा छैन कि भीमसेन थापा जन्मिएको थलो गोरखा नै हो । नेपालको पहिलो प्रधानमन्त्री जन्मिएको थलो कस्तो रहेछ ? त्यहाँबाट हेर्दा कस्तो देखिँदो रहेछ । सारा नेपाली यहाँ आएर हेर्नू ।’

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १२ : ५८ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले