माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी « Khabarhub

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट एकयाममा दुई लाख ५० हजार रुपैयाँ बचत गर्दै आएका छन् । 

करिब दश कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा माछापालन व्यवसाय गर्दै आएका उनले एकयाममा १३ लाख रुपैयाँ बराबरको माछा बिक्री हुने जानकारी दिए । उनका अनुसार सबै खर्च कटाएर दुई लाख ५० हजार रुपैयाँ बचत हुन्छ ।

खेती किसानीसँगै केही नयाँ काम गरौँ भन्ने योजनाले माछापालन व्यवसाय सुरु गरेको चौधरीले बताए । 

‘व्यवसायको सुरुवातमा कामको कुनै अनुभव थिएन । व्यवसायमा नयाँ थिएँ, त्यसैले सुरुका वर्षमा पोखरीमा माछा मरेर क्षति व्यहोर्नु परेको थियो’, उनले भने, ‘पछि बिस्तारै व्यवसायप्रति अनुभव बटुल्दै गएपछि अहिले मनग्य आम्दानी हुँदै गएको छ, जीविकोपार्जनका लागि कुनै समस्या छैन ।’

चौधरीका अनुसार अहिले पोखरीमा पङ्गासेस, कमन कार्प, ग्रास, रहुँ जातका माछा छन् । माछा होलसेलमा प्रतिकिलो २५० रुपैयाँ र फुटकरमा प्रतिकिलो ३०० मा बिक्री हुने उनले जानकारी दिए । 

माछा बिक्रीका लागि बजारको समस्या नभए पनि अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले बिक्री दरमा वृद्धि हुन नसकेको चौधरीले गुनासो गरे । 

भारतबाट आयात भएका माछाको मूल्य होलसेलमा प्रतिकिलो २२० रुपैयाँ र फुटकरमा प्रतिकिलो २८० रुपैयाँमा बिक्री हुने भएकाले स्थानीय उत्पादनको बिक्रीमा केही कठिनाइ हुने उनको अनुभव छ । 

उत्पादित माछा धनगढी, टीकापुर र केही स्थानीय बजारमा बिक्री हुने चौधरीले बताए । 

माछापालनका लागि सुरुमा पोखरी निर्माण गर्दा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट १० हजार प्रतिकट्ठाका दरले एक लाख तथा कैलारी गाउँपालिकाबाट ५० हजार बराबरको बोरिङसहित पानी तान्ने मोटर र जाल अनुदानमा प्राप्त भएपछि व्यवसाय सञ्चालनमा सहज भएको व्यवसायी चौधरीले जानकारी दिए । 

पछिल्लो समय भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तथा स्थानीय सरकारले व्यावसायिक कृषिमा आबद्ध हुन चाहने किसानलाई अनुदान सहयोग गर्न थालेपछि गोबरेलामा व्यावसायिक रूपमा माछापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको केन्द्रले जनाएको छ । रासस
 

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १२ : ५९ बजे

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी

ज्ञानेन्द्र शाहीले भने- देशको प्रधानमन्त्रीले हचुवाका भरमा हैन, तथ्य र प्रमाणमा टेकेर बोल्नुपर्‍यो 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने

काठमाडौं- जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि बुधबार भारतको

संसद्‍मा कांग्रेसले भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्

काठमाडौं–  नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले राहदानी (पासपोर्ट) छपाइ प्रकरणमा