इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा « Khabarhub

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली सङ्घ (इयु) का सेनालाई आतङ्कवादी समूह मानेको बताएका छन् । 

इयुले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि यो प्रतिक्रिया आएको हो । 

इयुको घोषणा देशव्यापी विरोध प्रदर्शनमाथि भएको रक्तपातपूर्ण दमनको सन्दर्भमा गरिएको थियो ।

पूर्व गार्ड कमान्डर समेत रहेका संसद अध्यक्ष मोहम्मद बाघेर कालिबाफले यो पदनाम व्यवहारिकभन्दा बढी प्रतीकात्मक हुने सम्भावना रहेको बताए । 

सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि इरानले त्यही कानून प्रयोग गर्दै अन्य राष्ट्रका सेनालाई पनि आतङ्कवादी सूचीमा राख्ने व्यवस्था गरेको स्मरण गराइएको छ ।

यो घोषणा मध्यपूर्वमा बढ्दो तनावको पृष्ठभूमिमा आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे विचार गरिरहेको सन्दर्भमा क्षेत्रीय अवस्था थप संवेदनशील बनेको छ । 

इरानले पर्सियन खाडीको रणनीतिक होर्मुज जलडमरूमध्यमा आइतबार र सोमबार प्रत्यक्ष फायर सैन्य अभ्यास गर्ने योजना बनाएको छ । यही जलडमरूमध्यबाट विश्वको करिब पाँचौँ भाग तेल व्यापार आवागमन हुन्छ ।

संसद् बैठकमा कालिबाफ र अन्य सांसदहरू क्रान्तिकारी गार्डप्रतिको समर्थन जनाउँदै गार्डको वर्दीमा उपस्थित थिए । ब्यालेस्टिक मिसाइल कार्यक्रमको नियन्त्रणसमेत गर्ने र देशभित्र विशाल आर्थिक प्रभाव राख्ने क्रान्तिकारी गार्डले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीलाई मात्र जवाफ दिने गर्छ ।

‘युरोपमा आतङ्कवाद फैलिन नदिने सबैभन्दा ठुलो बाधा बनेको गार्डमाथि आक्रमण गर्न खोज्दा युरोपेलीहरूले आफ्नै खुट्टामा गोली हानेका छन्’, कालिबाफले भने ।

उनका अनुसार युरोपेली नेताहरूले फेरि एकपटक अमेरिकीहरूप्रति अन्धो आज्ञाकारिता देखाउँदै आफ्नै जनताको हितविरुद्ध निर्णय गरेका छन् ।

सत्रका क्रममा सांसदहरूले ‘अमेरिका मूर्दावाद’ र ‘इजरायल मूर्दावाद’ भन्ने नारा पनि लगाएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीका लागि दुई वटा सर्त अघि सारेको बताइएको छ । ती सर्तमा शान्तिपूर्ण प्रदर्शनकारीहरूको हत्या वा प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरूलाई सामूहिक मृत्युदण्ड दिने अवस्था सिर्जना हुनु समावेश छन् । 

यसका साथै उनले इरानको आणविक कार्यक्रमबारे पनि बढ्दो चासो व्यक्त गर्नुभएको छ । जुन कार्यक्रमका विषयमा इजरायलले इरानसँग १२ दिनको युद्ध सुरु गर्नुअघि अमेरिकाले तेहरानसँग विभिन्न चरणमा वार्ता गरेको थियो ।

युद्धका क्रममा अमेरिकाले इरानका तीन वटा आणविक स्थलमा बम आक्रमण गरेको थियो । तीमध्ये दुई स्थलमा इरानले उपग्रहको दृश्य अस्पष्ट पार्ने प्रयास गरिरहेको हुनसक्ने र बाँकी संरचना हटाउने काम भइरहेको आकलन गरिएको छ ।

शनिबार राति ट्रम्पले इरानबारे अन्तिम निर्णय गरिसकेको हो कि होइन भन्ने प्रश्नमा स्पष्ट जवाफ दिन अस्वीकार गरेका थिए । फ्लोरिडातर्फ जाँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकी कारबाही रोकिएमा तेहरानलाई प्रोत्साहन मिल्छ कि भन्ने प्रश्नलाई टारे ।

इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने उद्देश्यले ‘सन्तोषजनक’ सम्झौताका लागि वार्ता आवश्यक रहेको ट्रम्पको भनाइ छ । ‘उनीहरू हामीसँग कुरा गरिरहेका छन् र हामी गम्भीरतापूर्वक छलफल गरिरहेका छौँ’, उनले भने ।

यसैबीच, इरानका एक वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानीले शनिबार राति सामाजिक सञ्जाल एक्समा वार्ताका लागि संरचनात्मक व्यवस्था अघि बढिरहेको उल्लेख गरे ।

तर सर्वोच्च नेता खामेनीले बारम्बार अस्वीकार गरिरहेको प्रत्यक्ष वार्ताबारे अहिलेसम्म कुनै सार्वजनिक सङ्केत देखिएको छैन । रासस

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  २ : ३० बजे

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि