नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन « Khabarhub

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले नीति निर्माणका लागि सुझाव संकलन थालेका छन् ।

महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत नीति निर्माणका लागि सार्वजनिक सुझाव आह्वान गरेका हुन् ।

‘आगामी पाँच वर्षका लागि काठमाडौं ५ को नीति निर्माणमा अमूल्य सुझाव अपेक्षा गरेको छु,’ उनले भनेका छन् ।

नेता पौडेलले सबै नागरिकले सुझाव दिन सक्ने भन्दै अनलाइन तथा भौतिक दुवै माध्यमबाट सुझाव लिइरहेको बताए । 

यस क्षेत्र र राष्ट्रको नीति निर्माणका लागि दिएको विश्वासकै आधारमा प्रतिनिधि सभामा निर्वाचित भएको थिएँ, उनले भने, यसपाली आगामी कार्यकालका लागि नागरिकको चाहनाअनुसार अघि बढ्न सुझाव संकलन थालेको हुँ ।

नेता पौडेलले विभिन्न क्षेत्रका विशेषज्ञता प्राप्त क्षेत्रसँग भेटघाट गरेर समेत सुझाव संकलन गरिरहेका छन् । 

विगतमा आफूले गरेको काम सार्वजनिक गर्दै प्राप्त सुझाव र विज्ञहरूको प्रतिक्रियाका आधारमा आगामी योजना समेत सार्वजनिक गर्ने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ ।

कांग्रेस महामन्त्री समेत रहेका नेता पौडेलले पार्टीको चुनावी घोषणापत्रका लागि समेत विषय विज्ञहरूबाट सुझाव संकलन गरिरहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ४ : ०७ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग