प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ « Khabarhub

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा सकारात्मक परिणाम ल्याउनु आवश्यक रहेको बताएका छन् । 

बागमती प्रदेशसभाको आठौँ वार्षिकोत्सव कार्यक्रमलाई आज हेटौँडामा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मुलुक निर्वाचनमा होमिसकेकाले यही निर्वाचनबाट गणतन्त्रवादीको पक्षमा सकारात्मक परिणाम ल्याउने गरी जुट्न गणन्त्रणबादी शक्तिलाई आग्रह गरे । 

ठूलो सङ्घर्षबाट प्राप्त भएको समावेशी गणतन्त्रात्मक व्यवस्थामाथि खतरा बढेको उल्लेख गर्दै उनले केही शक्ति यही निर्वाचनको फाइदा उठाएर व्यवस्था नै परिवर्तन गर्न लागिपरेकाले गणतन्त्रवादी शक्ति एक ठाउँमा आउनु आवश्यक रहेको औँल्याए । 

विभिन्न राजनीतिक उतार चढावका कारण लामो समयदेखि प्रदेशसभाको बैठक बस्न नसकेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभाको रिक्त सभामुख चयन प्रक्रियालाई छिट्टै राजनीतिक सहमतिका आधारमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । 

आफ्नो नेतृत्वमा सरकार गठन भएको महिनादिन नबित्दै मुलुकमा भएको जेन-जी आन्दोलनका कारण सरकारको काम कारबाही अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको बताउँदै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले गरिबमुखी, आयमुखी, जनमुखी काम गर्ने सङ्कल्प लिएर अघि बढे पनि जेन-जी आन्दोलनका कारण सङ्कल्पअनुसार काम गर्न नसकिएको बताए । 

प्रदेशसभाबाट पारित भएका ऐन कानुनअनुसार सेवा सुविधा उपलब्ध गराउन निजामती कर्मचारीले आलटाल गरिरहेको गुनासो गर्दै उनले सङ्घीय सरकारले पठाएका कर्मचारीले प्रदेश सरकारलाई नटेर्ने परिपाटी देखिएको बताए । 

कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेलले लामो समयदेखि बागमती प्रदेशसभाको बैठक बस्न नसक्दा जनताको जनप्रतिनिधि संस्था अन्योलमा परेकाले तत्काल प्रदेशसभाको बैठक बोलाउने वातावरण सरकारले बताउनुपर्ने बताए । 

बागमती प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशसभाका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले जनताको आवाज बोल्ने प्रदेशसभालाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ७ : २३ बजे

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने

बालेन भन्छन् : दिनेश सिटौलाको अभाव सधै खड्किनेछ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले