पपुलिज्म र ह्वीमले उदाएका दलले देशको हित गर्दैनन्, एमाले राष्ट्रिय शक्ति बन्नुपर्छ : योगेश भट्टराई « Khabarhub

पपुलिज्म र ह्वीमले उदाएका दलले देशको हित गर्दैनन्, एमाले राष्ट्रिय शक्ति बन्नुपर्छ : योगेश भट्टराई


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरू स्थायी नहुने बताएका छन्।

प्रेस चौतारी चितवनले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता दलले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने बताएका छन्।

उपमहासचिव भट्टराईले भने, ‘दुनियाँका जुनसुकै मुलुकमा पनि विचार र सिद्धान्तबाट बनेको, जमिनमा टेकेका दलहरूले नै त्यो देश थाम्ने हो । कुनै खास एजेन्डा र ह्विममा बनेका दलहरू स्थायी हुँदैनन् ।’

उनीहरूले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने भन्दै उनले अगाडि भने, ‘राजनीतिक दल भनेको राष्ट्रका खम्बाहरू हुन् । त्यो खम्बा कमजोर हुनु हुँदैन ।’ अहिले नेपालमा नक्कली मानिसहरू देखा परेर पपुलिज्मको आधारमा नक्कली पार्टी खडा गरेको उनले बताए ।

राजनीतिक दल र नेतृत्व जनतासँग संवाद गर्ने हुनुपर्ने भन्दै उनले जनताले सुनिने र देखिने हुनुपर्ने बताए । ‘राजनीतिक दल र नेतृत्व जनताको पहुँचमा हुनुपर्छ । जनताले छुन, हेर्न र आलोचना गर्न सक्ने र जनताको विरोध र आलोचना सहन सक्ने हुनुपर्छ’, उनले भने ।

जनताले नदेखेको छुन पनि नपाएको र प्रश्न पनि गर्न नपाएको नेतृत्व अहिले आईरहेको उनको भनाइ छ । उनले प्रश्न गर्दै भने, ‘नेतृत्व जनतासँग बोलिँदैन, सुनिँदैन । नागरिकसँग संवाद गर्दैनन् भने ति दलहरूले के गर्छन् ?’

यो राष्ट्रको भविष्यसँग जोडिएको विषय भएकाले आमजनतालाई आवेग र उत्तेजनामा आएर वा पपुलिजमको भरमा नभई ठण्डा दिमागले सोचेर आगामी ५०–१०० वर्ष देश कसरी अगाडि जान मतदान गरी विश्वासिलो नेतृत्व चयन गर्न उनले अपील गरे ।

आज मुलुक लुलो र कमजोर बनाइएको भन्दै उनले भने, ‘पुलिस प्रशासनको मनोबल गिराइएको छ, अदालतको आत्मबल कमजोर बनाइएको छ ।’

एमाले जस्तो पार्टी बलियो र पहिलो बनेन भने राज्यका यी अंगहरूको आत्मविश्वास नै नबढ्ने उनको भनाइ छ । उनले अगाडि थपे,‘राज्यका यी अंगहरूको र आमनागरिकको सुरक्षा एमालेले मात्रै गर्न सक्छ, एमाले नेतृत्वमा बन्ने सरकारले गर्छ ।’

कतिपयलाई एमाले महाधिवेशनको धङ्धङ्गी यो निर्वाचनमा देखिन्छ कि ? भन्ने भ्रम रहेको भन्दै उपमहासचिव भट्टराईले भने, ‘मलाई पनि विम्बको रुपमा टिप्पणी गरेको सुन्छु । उम्मेदवारी ट्ङ्ग्याउनुअघि हामीले छलफल गर्‍यौं, सहमति, विमति अनेक भए । जब एमालेका नामबाट, सूर्य चिह्न लिएर उम्मेदवारी दर्ता भयो एमालेको सिंगो पार्टी पंक्ति एकढिक्का भएर सबै उम्मेदवारलाई जिताउन लागेको छ ।’

एमालेका १६३ जना उम्मेदवार सबै साझा भएको उनको भनाइ छ । उनले अगाडि थपे, ‘सिंगो एमालेको मिसन ‘फागुन २१, सूर्य चिह्न, नेकपा एमाले’ हो ।

एमालेलाई राष्ट्रिय शक्ति बनाउँदै समानुपातिकमा अघिल्लो निर्वाचनभन्दा मत वृद्धि गरेर ४० लाख पुर्‍याउने भन्दै उनले अगाडि थपे, ‘प्रत्यक्षमा पनि उल्लेख्य संख्या बृद्धि गर्ने गरी एमालेले एकल बहुमत ल्याएर सरकार बनाएर आजका तमाम विकृति विसंगतिलाई अन्त्य गर्दै अघि बढ्छौं ।’

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ७ : ४६ बजे

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

बैतडी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ

भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थित बनाइँदै

चितवन– चितवनको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको

विश्वकप : यी हुन् सुपर-८ अगाडि सर्वाधिक विकेट लिने र रन बनाउने दुई खेलाडी

काठमाडौं – आईसीसी टी–२० विश्वकप जारी छ । सुपर–८ का

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी पहाडी भेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय