आज २०८२ साल फागुन १७ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन १७ गते आइतबारको राशिफल


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


999
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन १७ गते आइतबार फागुन शुक्ल पक्षको त्रयोदशी तिथि । प्रदोष व्रत, शून्य भेदभाव दिवस । तदनुसार सन् २०२५ मार्च १ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : सोचेका काम बन्नेछन् । सम्पत्ति आर्जन भए पनि झुठा आरोप लाग्न सक्छ । परिवारको साथ र सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा घाटा हुने भएकाले सचेत भएर अगाडि बढ्नुपर्नेछ ।

वृष : साथीको सहयोग मिल्नेछ । आम्दानीका स्रोत धेरै भएकाले पहिचान गर्नुपर्ने समय आएको छ । निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुन : परिवारको साथ र सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा चासो बढ्नेछ । जग्गाको कारोबारमा फाइदा हुनेछ । कतै घुमफिरको योजना बन्न सक्छ ।   शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

कर्कट : शुभ ग्रहको बहुमत रहेकाले सोचेका काम बन्नेछन् । सम्पत्ति आर्जन हुनेछ । यात्रामा हुनुहुन्छ भने पश्चिम नजानु उचित हुन्छ । पिपललाई दाहिने पारेर अगाडि बढ्नु फाइदाजनक हुनेछ ।

सिंह : दिन सामान्य छ । हरेक काममा अवरोध सिर्जना हुनेछ । सम्पत्तिमा फाइदा भए पनि इज्जतमा दाग लाग्ने सम्भावना छ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ । अभिभावकको सुझाव अनुसार अगाडि बढ्नुपर्ने दिन छ ।

कन्या : विवादास्पद कामले गर्दा विरोधको आवाज सुन्नुपर्ने हुनसक्छ । विपक्षी साथी सक्रिय रहेकाले तपाईं शान्त बन्नुपर्ने समय छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्न सकेमा प्रगति हुनेछ ।

तुला : परिवारको साथमा दिन रमाइलो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । मनका सबै रहर पूरा गर्न कठिन हुने देखिन्छ । संकटमा साथीको साथ मिल्नेछ ।

वृश्चिक : दिन सामान्य छ । साना कुराले मन अशान्त बन्नसक्छ । स्वास्थ्यमा समस्या हुँदा मानसिक तनाव बढ्नेछ । एकल निर्णय भन्दा सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ । परिवारमा कर्तव्य मात्र पूरा गर्नु उचित हुनेछ ।

धनु : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । ठुलो कामको सुरुवात गर्ने समय आएको छ । काम गर्नु अगाडि परिवारसँग सल्लाह गरेमा दैनिकी सहज बन्नेछ । औषधी नियमित नहुँदा रोग बढ्ने जोखिम छ ।

मकर : बौद्धिक व्यक्तिको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।   शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

कुम्भ : धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । साथीको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ । शिक्षामा देखिएको झुकावले फाइदा हुनेछ । औषधी नियमित गर्न नसक्दा पुरानो रोगले सताउने जोखिम छ ।

मीन : हरेक क्षेत्रमा बोलीको प्रभाव पर्नेछ । एकल निर्णय भन्दा सहकार्य गर्दा फाइदा हुनेछ । आज पठनपाठनमा मन जानेछ । स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : २१ बजे

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी

आईपीएल क्रिकेट : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)

भूमिहीन ३० दिनभित्र सम्पर्कमा आउनु : वीरगञ्ज महानगरपालिका

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन