मिथिला मध्यमा परिक्रमा : सांस्कृतिक सम्बन्धको निरन्तरता « Khabarhub

मिथिला मध्यमा परिक्रमा : सांस्कृतिक सम्बन्धको निरन्तरता


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला माध्यमिकी परिक्रमाका यात्री दाेहाेर्‍याएर भारत पुगेका छन् । पन्ध्र दिने यो परिक्रमामा दोस्रो र तेस्रो दिन भारतको मधुवनी जिल्लाको कल्याणेश्वर (कलना) र गिरिजास्थान (फुलहर)मा बिताएका यात्री फेरि १३औँ दिन शनिबार भारत पुगेका हुन् ।

यात्राको उत्तराद्र्धतिर १३औँ दिन मधुवनीकै करुणामा शनिबार रात बिताएका यात्री आज आइतबार १४औँ दिन मधुवनीकै बिसौल पुग्दैछन् । बिसौलमा आज परिक्रमाका यात्री मध्याह्नसम्म सबै पुग्नेछन् । आज बिसौलको रात्रिबासपछि अन्तिम अर्थात् १५औँ दिन भोलि सोमबार यात्री जनकपुरधाम पुग्नेछन् । महोत्तरी, धनुषा र मधुवनी जिल्लाका तीर्थस्थलहरूको परिक्रमा गरिने यो यात्रा नेपाल–भारत सांस्कृतिक सम्बन्धको अनुपम उदाहरण भएको सीमा वारिपारिका बासिन्दा बताउँछन् ।

सीमापारिका भारततिर गुप्तामात्र नभएर आम सर्वसाधारण र जनप्रतिनिधिहरू पनि सीमा वारिपारिका नेपाली र भारतीय दुई फरक देशका नागरिक भए पनि दुःखसुख एकआपसमा बाँड्दै आएका बताउँछन् । नेपाल–भारतबीच सांस्कृतिक आदानप्रदानका कैयौँ अवसर छन् ।

यीमध्ये साउन शुक्लपक्षमा मनाइने झुलापर्व, कात्तिक शुक्लपक्षमा मनाइने छठ, मङ्सिर शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने रामजानकी विवाह महोत्सव, फागुन शुक्लपक्षको मिथिला माध्यमिकी परिक्रमा र होली पर्व मुख्य छन् । यी धार्मिक तथा सांस्कृतिक उत्सवमा नेपाल र भारतका साधुसन्तदेखि घरगृहस्थीका सर्वसाधारणसम्म एकाकार हुँदै आएका नेपालतर्फ महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउँछन् ।

दुवैतर्फका बोली, रीतिथिति, वेशभूषा र चाडपर्व समान हुँदा वारिपारि आउजाउ गर्दा कहिल्यै फरक देशको अनुभूति नहुने गरेको तत्कालीन मधवापुर ग्रामपञ्चायतका सरपञ्च बलराम मिश्र बताउनुहुन्छ । विगतमा नेपालका एफएम रेडियोहरूमा लामो समय विभिन्न कार्यक्रम प्रस्तुत गरेको हुँदा नेपाली बोल्न, लेख्न र पढ्न असजिलो नहुने मिश्रले प्रस्ट्याउनुभयो ।

मिथिला माध्यमिकी परिक्रमा अघि त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात विहार गर्ने क्रममा घुमफिर गरेका पदचापको अनुशरण मानिन्छ । प्राचीन मिथिला (विदेह) राज्यको राजधानी जनकपुरधामलाई केन्द्र (माझ)मा राखेर १३३ किलोमिटरको बृत्तमा १५ दिन गरिने मध्यमा परिक्रमामा मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा छ । यस यात्रामा सरिक हुने नेपाली र भारतीय उत्तिकै हुन्छन् । यात्रामा को भारतीय र को नेपाली भनेर नचिनिने जलेश्वर–५ पतैलीका बासिन्दा मैथिल संस्कृतिविद् ध्रुवराय बताउँछन् ।

फागुन औँसीदेखि सुरु भई शुक्लपक्षभरिका १५ दिनको यो यात्रामा १५ रात्रिबासको परम्परा छ । जसमा नेपालतर्फ ११ र भारततर्फ मधुवनी जिल्लामा चार रात बिताइने गरिन्छ । यो यात्रामा दोस्रो, तेस्रो, १३ औँ र १४ औँ दिनको रात्रिबास भारतको मधुवनी जिल्लाका क्रमशः कल्याणेश्वर (कलना), फुलहर (गिरिजास्थान), करुणा र बिसौलमा गरिन्छ । नेपालतर्फ ११ दिनमा छ धनुषा र पाँच महोत्तरीमा गरिन्छन् ।

मिथिला माध्यमिकी परिक्रमाका कथाबस्तु सबै नेपाल–भारतका समान छन् । श्रीराम भारतीय र सीताजी नेपालकी छोरी । यो वैवाहिक सम्बन्धदेखि नै यता दुवैतर्फ बिहाबारी सघन हुँदै आएको परिक्रमाको १३औँ दिनको रात्रि विश्रामस्थल रहेको मधुवनी जिल्लाको करुणाका बासिन्दा ७० वर्षीय श्रीनिवास पाण्डे बताउँछन् । यी सांस्कृतिक परम्पराले राज्यराज्यबीचको सम्बन्धलाई अझ सुदृढ गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण लाल कर्णको भनाइ छ । (रासस)

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ९ : ५२ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको