काठमाडौं-९ मा जसपाको समर्थन कांग्रेसलाई « Khabarhub

काठमाडौं-९ मा जसपाको समर्थन कांग्रेसलाई


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा जसपा नेपालबाट उम्मेदवारी दिएका रणवीर सिंह क्षेत्रीले उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसकी उम्मेदवार नानू बाँस्तोलालाई समर्थन गरेका छन्।

उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको र नानुलाई समर्थन गरेको बताए। रणवीरको समर्थन सँगै कांग्रेस काठमाडौं ९ मा थप बलियो बनेको छ। आफूलाई समर्थन गरेपछि रणवीरलाई कांग्रेस उम्मेदवार नानू बाँस्तोलाले खादा लगाएर सम्मान गरिन।

प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा छन्।

काठमाडौं क्षेत्र नं ९ मा ३४ वटा मतदान स्थल र ९० वटा मतदान केन्द्र रहेका छन्। राजनीतिक दलका १८ र स्वतन्त्र छ जना गरी कूल उम्मेदवार सङ्ख्या २४ जना छ। यसमध्ये २० पुरुष र चार महिला उम्मेदवार छन्।

यो निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या ७८ हजार चार सय ९५ रहेकामा पुरुष मतदाता ४८ दशमलव  ६९ प्रतिशत अर्थात् ३८ हजार दुई सय १७ र महिला मतदाता सङ्ख्या ५१ दशमलव  ३१ प्रतिशत अर्थात् ४० हजार दुई सय ७८ रहेको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १० : ४८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल