‘सडक मानव’को हुलियामा नायक बिपिन, नयाँ फिल्मको पात्र सार्वजनिक गरेका हुन् ? « Khabarhub

‘सडक मानव’को हुलियामा नायक बिपिन, नयाँ फिल्मको पात्र सार्वजनिक गरेका हुन् ?


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पात्र निर्माणमा माहिर अभिनेता बिपिन कार्कीले ‘सडक मानव’ हुलियामा सार्वजनिक गरेको तस्बिरले दर्शकको ध्यान खिचेको छ ।

सामाजिक सञ्जालमा उक्त तस्बिर सेयर गर्दै बिपिनले लेखेका छन्, ‘पहिरनले मात्र चरित्रको निर्धारण गर्दैन…।’

उनको यो क्याप्सन पनि रहस्यमयी छ । तस्बिरको पृष्ठभूमिबारे उक्त लाइनले सम्बोधन गर्दैन । तस्बिरमा उनले च्यातिएको टाउजर-मोजा र मैलो ज्याकेट लगाएका छन् । मयल, हिलो–धुलोले फोहोर शरीर र अनुहारमा उनलाई देख्न सकिन्छ ।

धेरैले बिपिन यस चरित्रमा फिल्ममा देखिन लागेको लड्कल लगाएका छन् । ‘सडक मानव’को यो हुलियामा उनलाई फिल्ममा देख्न पाइने आशयको प्रतिक्रिया दिएका छन् ।

उनका अन्य तस्बिरले औषतमा २० हजार लाइक आउने गरेको पाइन्छ । यो तस्बिरले ५६ हजारभन्दा बढी लाइक पाएको छ ।

केहीले ‘बिपिन हुबहु सडक मानव देखिए’ भन्ने प्रतिक्रिया दिएका छन् । अर्थात्, उनको चरित्र निर्माणको सशक्त पक्षलाई दर्शकले कदर गरेका छन् ।

यो पनि : विपिनको छलाङ – अहेबदेखि भर्सटायल नायकसम्म !

यो तस्बिरको वास्तबिकता दर्शकले अनुमान गरेभन्दा फरक छ । उनले एकवर्षअघि खिचाएका हुन् । सार्वजनिक चाहिँ शनिबार गरेका हुन् ।

९ महिलाअघि सार्वजनिक म्युजिक भिडियो ‘परित्याग’को उनले तस्बिरमा देखिएको पात्र निर्माण गरेका थिए ।

बिपिनका अनुसार त्यही म्युजिक भिडियो छायाङ्कनका दौरान यो तस्बिर खिचिएको हो । अर्थात्, उनी त्यो चरित्र निर्वाह गरेर फिल्ममा अभिनय गर्ने तयारीमा छैनन् ।

उनले खबरहबसँग भने, ‘धेरैले त्यो तस्बिर देखिएको चरित्रमा फिल्म गर्न लागेको हो ? भनेर चासो राख्नु भएको छ । सामाजिक सञ्जालमा पनि प्रश्न सोधिएको छ । तर, मोवाइलमा भेटेकाले त्यो फोटो सार्वजनिक गरेको हो । यसको पछाडि अरु कुनै रहस्य छैन ।’

तथापि, दर्शकले राखेको चासोप्रति उनी कृतज्ञ छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १२ : ३० बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,