काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र « Khabarhub

काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ ।

दश वटा निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष, र अन्य सात गरी कूल सात लाख १० हजार ७०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिइन् । 

काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा २२ वटा मतदानस्थल र  मतदान केन्द्र ५७ छन् । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् । 

काठमाडौं क्षेत्र नं. २ मा ४० वटा मतदानस्थल र मतदान केन्द्र १०० छन् । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेको पनि उनले सुनाइन् । 

काठमाडौं क्षेत्र नं ३ मा २९ मतदानस्थल र मतदान केन्द्र ७२ छन् । यस क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् । 

काठमाडौं क्षेत्र नं. ४ मा ३३ मतदानस्थल र ८८ मतदान केन्द्र छन् । यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता रहेका छन् । 

काठमाडौं क्षेत्र नं. ५ मा मतदानस्थल ३१ र मतदान केन्द्र ९० छन् । यहाँ ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् । 

काठमाडौं क्षेत्र नं. ६ मा मतदानस्थल ३२ र मतदान केन्द्र ७९ छन् । यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ छन् । 

काठमाडौं क्षेत्र नं. ७ मा मतदानस्थल २९, मतदान केन्द्र ७८ छन् । यहाँ महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् । 

काठमाडौं क्षेत्र नं. ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ छन् । यहाँ महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् । 

काठमाडौं क्षेत्र नं. ९ मा ३४ मतदानस्थल र मतदान केन्द्र ९० छन् । यहाँ महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ छन् । 

काठमाडौं क्षेत्र नं. १० मा मतदानस्थल ४७ र मतदान केन्द्र ९८ रहेको छ । यहाँ महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १२ : २४ बजे

ओमानको बन्दरगाहमा ड्रोन आक्रमणमा परी विदेशी कामदार घाइते

काठमाडौं- ओमानको दुक्म बन्दरगाहमा ड्रोन आक्रमण भएको छ । ओमान

इरानले यूएईमा हान्यो १३७ मिसाइल र २०९ ड्रोन, जेबेल बन्दरगाहमा आगलागी, दुबई एयरपोर्टमा एक जनाको मृत्यु

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले शनिबार इरानले

कराचीको अमेरिकी दूतावासमा आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावासमा

निर्वाचनको दिन यी सवारी साधन चलाउन चाहिँदैन पास

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सवारी साधनलाई

१४८ विद्यार्थीलाई एकचिहान बनाएको इजरायलले एकदिनमै इरानमा खसाल्यो १२ सय बम

तेहरान- इजराइलको वायु सेनाले अमेरिकासँग संयुक्त आक्रमण अन्तर्गत पछिल्लो २४