देशभर विपद्का २३ घटना : एकको मृत्यु र ५ जना घाइते  « Khabarhub

देशभर विपद्का २३ घटना : एकको मृत्यु र ५ जना घाइते 


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालका विभिन्न जिल्लाहरूमा २३ वटा विपद्का घटनाहरू घटेका छन् । 

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार, यी घटनाहरूमा परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । 

फागुन १६ गते बिहान १० बजेदेखि १७ गते बिहान १० बजेसम्मको विवरण अनुसार विपद्बाट अनुमानित ५२ लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । 

मृत्यु हुनेमा काभ्रेको नमोबुद्ध नगरपालिका ४ की ८० वर्षीया वृद्धा रहेकी छन् उनि आफ्नै घरभित्र जलेको अवस्थामा मृत फेला परेकीहुन् ।

त्यस्तै घाइते धनुषाको जानकी मन्दिरमा पूजा गर्ने क्रममा ८२ वर्षीया महिला साडीबाट आगो सल्किँदा जलेर घाइते भएकी छिन् भने पर्साको वीरगन्जमा ग्यास लिक भई आगलागी हुँदा एक ५५ वर्षीय पुरुष घाइते भएका छन् । 

उता झापाको कन्काईमा गोठको आगो निभाउने क्रममा ५० वर्षीय पुरुष घाइते भएका छन् । दार्चुलामा माटोको ढिस्कोले पुरिएर दुई महिला घाइते भएका छन्, जसलाई उपचारका लागि भारतको पिथौरागढ रिफर गरिएको छ । 

बुलेटिनमा उल्लेख भए अनुसार अधिकांश घटनाहरू आगलागीसँग सम्बन्धित रहेका छन् । सर्वोत्तम स्टिल प्रा.लि.मा एस्काभेटरको इन्जिनमा आगलागी हुँदा सबैभन्दा बढी ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै सप्तरीको कञ्चनरुप र रुपनी गाउँपालिकामा भएका छुट्टाछुट्टै आगलागीमा ५ वटा घरहरू जलेर नष्ट भएका छन् । 

त्यस्तै विभिन्न स्थानमा भएका आगलागीमा परी ३ वटा चौपायाको क्षति हुनुका साथै केही स्थानमा गाई र बाच्छाहरू घाइते भएका छन् । यस्तै, पाल्पाको सामुदायिक वनमा डढेलो लागेको र सुनसरी, धनकुटा, मोरङ लगायतका जिल्लामा गोठ तथा परालका टालहरू जलेर क्षति भएको छ ।

त्यस्तै अर्को घटना हवाई सुरक्षासंग सम्बन्धित रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा कोरियन एयरको विमानको चक्कामा आगोको झिल्का देखिए पनि २३९ यात्री र २६ चालक दलका सदस्यहरू सुरक्षित रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १ : १८ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क