काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सवारी साधनलाई सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दमकल, एम्बुलेन्स, शववाहन लगाएतका अत्यावश्यक सवारी साधन लगाएत खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनको सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिए । उक्त सवारी साधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने उनले बताए ।
दूूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न पास आवश्यक नपर्ने समेत भट्टराईले उल्लेख गरे ।
त्यस्तै उनले अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, अशक्त वा अपाङ्गता भएका व्यक्ति र एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको उनले बताए ।
प्रवक्ता भट्टराईले अन्य आवश्यक निकायका सवारी साधन सञ्चालनका लागि एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरि सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको बताए ।













प्रतिक्रिया