निर्वाचनको दिन यी सवारी साधन चलाउन चाहिँदैन पास « Khabarhub

निर्वाचनको दिन यी सवारी साधन चलाउन चाहिँदैन पास


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सवारी साधनलाई सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दमकल, एम्बुलेन्स, शववाहन लगाएतका अत्यावश्यक सवारी साधन लगाएत खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनको सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिए । उक्त सवारी साधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने उनले बताए ।

दूूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न पास आवश्यक नपर्ने समेत भट्टराईले उल्लेख गरे ।

त्यस्तै उनले अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, अशक्त वा अपाङ्गता भएका व्यक्ति र एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको उनले बताए ।

प्रवक्ता भट्टराईले अन्य आवश्यक निकायका सवारी साधन सञ्चालनका लागि एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरि सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको बताए । 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १ : ५२ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा