१४८ विद्यार्थीलाई एकचिहान बनाएको इजरायलले एकदिनमै इरानमा खसाल्यो १२ सय बम « Khabarhub

१४८ विद्यार्थीलाई एकचिहान बनाएको इजरायलले एकदिनमै इरानमा खसाल्यो १२ सय बम


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

तेहरान- इजराइलको वायु सेनाले अमेरिकासँग संयुक्त आक्रमण अन्तर्गत पछिल्लो २४ घण्टामा इरानमाथि १२०० भन्दा बढी बम खसालेको जनाएको छ।

आक्रमण परेका स्थानमध्ये दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मीनाब शहरको एक प्राथमिक विद्यालय पनि रहेको बताइएको छ।

महिला विद्यार्थी मात्रै पढ्ने विद्यालयमा गरिएको उक्त हमलामा १४८ छात्राको ज्यान गएको छ। त्यहाँ दर्जनौँ अन्य घाइते भएका छ्न्।

इरानका विदेशमन्त्री अब्बास अरघाचीले विद्यालयमाथि बम आक्रमण गरेर निर्दोष बालबालिकाको हत्या गरिएको भन्दै यसको जवाफ अवश्य दिइने चेतावनी दिएका छन्।

यसबीच इजराइली सेनाले इरानमाथि नयाँ श्रृंखलाको हवाई आक्रमण जारी रहेको जनाएको छ। ती आक्रमणमा इरानका ब्यालिस्टिक मिसाइल प्रणाली र हवाई प्रतिरक्षा संयन्त्रलाई निशाना बनाइएको दाबी गरिएको छ।

इरानको सरकारी सञ्चारमाध्यमले तेहरानमा विस्फोट भएको खबर दिएको छ।

इरानमाथिको आक्रमणबाट इजराइललाई बढी फाइदा भएको, अमेरिकालाई कम लाभ पुगेको भन्दै अल जजीराले विज्ञहरूलाई उद्धृत गरेको छ।

गत मे महिनामा मध्यपूर्व भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका अब अन्य देशको सरकार परिवर्तन गर्ने प्रयासमा नलाग्ने बताएका थिए।

तर त्यसको केही समयपछि नै उनले इरानमाथि ठूलो आक्रमण गर्न आदेश दिएका थिए। उनले उक्त कदमको उद्देश्य इरानमा स्वतन्त्रता ल्याउनु रहेको बताएका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  १ : ४४ बजे

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट