इरानले यूएईमा हान्यो १३७ मिसाइल र २०९ ड्रोन, जेबेल बन्दरगाहमा आगलागी, दुबई एयरपोर्टमा एक जनाको मृत्यु « Khabarhub

इरानले यूएईमा हान्यो १३७ मिसाइल र २०९ ड्रोन, जेबेल बन्दरगाहमा आगलागी, दुबई एयरपोर्टमा एक जनाको मृत्यु


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले शनिबार इरानले आफ्नो देशमाथि १३७ वटा मिसाइल र २०९ वटा ड्रोन प्रहार गरेको जनाएको छ।

आबु धाबी इन्टरनेशनल एयरपोर्टमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ। उक्त घटनामा सात जना घाइते भएका छन् ।

विश्वकै व्यस्त विमानस्थलमध्ये पर्ने दुबई इन्टरनेशनल एयरपोर्टलाई पनि निशाना बनाइँदा उक्त हताहती भएको हो ।

यसैबीच इरानले दुबईस्थित जेबेल अली पोर्टमा पनि आक्रमण गरेको यूएई सरकारले जनाएको छ।

आक्रमणपछि बन्दरगाह क्षेत्रबाट धुवाँको मुस्लो उठेको देखिएको छ। यसअघि इरानले साउदी अरेबियाको राजधानी रियादमाथि पनि आक्रमण गरेको जनाइएको थियो।

त्यसैगरी बुर्ज खालिफा नजिक यूएईको हवाई प्रतिरक्षा प्रणालीले एउटा ड्रोनलाई खसालेको रक्षा मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  २ : ०२ बजे

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट