ओमानको बन्दरगाहमा ड्रोन आक्रमणमा परी विदेशी कामदार घाइते « Khabarhub

ओमानको बन्दरगाहमा ड्रोन आक्रमणमा परी विदेशी कामदार घाइते


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओमानको दुक्म बन्दरगाहमा ड्रोन आक्रमण भएको छ । ओमान न्युज एजेन्सीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार दुई वटा ड्रोनले बन्दरगाहलाई निशाना बनाएका थिए ।

पछिल्लो समय अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले क्षेत्रीय रुपमा मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ । संयुक्त आक्रमणमा परी इरानका सर्वोच्च नेता आयाताोल्लाह अली खामेनेई मारिएका छन् ।

घटनामा एक जना विदेशी कामदार घाइते भएका छन् । आक्रमणका क्रममा एउटा ड्रोन कामदारहरू बस्ने अस्थायी आवासमा खसेको थियो भने दोस्रो ड्रोनको भग्नावशेष इन्धन ट्याङ्कीहरू नजिकै खसेको थियो ।

दोस्रो ड्रोनबाट इन्धन ट्याङ्कीहरूमा कुनै भौतिक क्षति भने नभएको समाचारमा उल्लेख छ । यस घटनाबारे थप विस्तृत विवरणहरू अहिलेसम्म प्राप्त हुन सकेका छैनन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  २ : ०६ बजे

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक

गायक विजय लामा अमेरिकामा सम्मानित

काठमाडौं – गायक विजय लामा अमेरिकाको न्यूयोर्क सिटीमा सम्मानित भएका

भदौ घटनाले देशलाई सिकाएको पाठ महत्त्वपूर्ण छ : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले केही सन्तुष्टि र धेरै आशा

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट