इरानका सर्वोच्च नेता खामेनेईको हत्याको विरोधमा काश्मीरमा विशाल प्रदर्शन « Khabarhub

इरानका सर्वोच्च नेता खामेनेईको हत्याको विरोधमा काश्मीरमा विशाल प्रदर्शन


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्याको खबर सार्वजनिक भएसँगै भारत प्रशासित काश्मीरमा विशाल विरोध प्रदर्शन सुरु भएको छ । श्रीनगरको मुख्य चोकमा भेला भएका हजारौँ शिया मुस्लिमहरूले रातो, कालो र पहेँलो झण्डा बोकेर अमेरिका र इजरायलविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

प्रदर्शनकारीहरूले खामेनीको तस्बिर अंकित ब्यानर प्रदर्शन गर्दै यस घटनालाई ‘अपराध’ को संज्ञा दिएका छन् । ४० वर्षीय एक प्रदर्शनकारीले एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै आफूहरूले आफ्नो प्रिय नेता गुमाएको र उनको बाटोमा सधैँ अडिग रहने बताएका छन् । काश्मीरका साथै भारतका अन्य शिया बाहुल्य क्षेत्रहरूमा पनि यस्तै किसिमका प्रदर्शनहरू भएका छन् ।

यसैबीच, इरानमा संवैधानिक प्रक्रिया अनुसार सत्ता हस्तान्तरणको तयारी तीव्र पारिएको छ। संविधानको धारा १११ बमोजिम नयाँ सर्वोच्च नेता चयन नभएसम्मका लागि तीन सदस्यीय अन्तरिम नेतृत्व परिषद् गठन गरिएको छ। यस परिषदमा राष्ट्रपति मसूद पेजेस्कियान, सर्वोच्च अदालतका प्रधानन्यायाधीश घोलम-हुसेन मोहसेनी-इजेई र गार्जियन काउन्सिलका एक प्रतिनिधि रहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  २ : ११ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा