माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत « Khabarhub

माओवादी पूर्वकेन्द्रीय सदस्य र रास्वपा बागमती सदस्यसहित ११ जना एमालेमा प्रवेश, बादलले गरे स्वागत


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ११ जना जिल्ला तथा प्रदेशस्तरीय नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपाबाट एकजना पूर्वकेन्द्रीय सदस्य पनि एमालेमा प्रवेश गरेका छन् ।

एमालेमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितलाई आइतबार एमालेमा स्वागत गरियो ।

माओवादीका पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी सदस्यहरू र काठमाडौं उपत्यकाका विभिन्न कमिटीमा सक्रिय उनीहरूलाई आइतबार एमालले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादलसहितले स्वागत गरे।

एमालेका युवा नेता तथा बागमती प्रदेश कमिटीका निवर्तमान सदस्य नारायणप्रसाद सापकोटासहितले उनीहरूलाई एमालेमा भित्र्याएका हुन् ।

यसरी एमालेमा प्रवेश गर्नेहरूमा नेकपाबाट १० जना र रास्वपाबाट १ जना रहेका छन् । एमालेमा प्रवेश गर्नेमा नेकपाका दुई जना बागमती प्रदेश कमिटी सदस्य र चारजना काठमाडौं जिल्ला कमिटी सदस्य छन् ।

उता तीनजना टोखा नगर कमिटी सदस्य पनि एमालेमा प्रवेश गरेका छन् । एमालेको यात्रा थाल्नेमा एकजना राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश कमिटी सदस्य पनि छन् । रास्वपा बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र रेग्मीलाई पनि बादलले एमालेमा स्वागत गरे ।

को-को प्रवेश गरे ?

१. रवि गौतम ‘प्रभात’, माओवादी पूर्वकेन्द्रीय सदस्य
२. राम कुमार थापा, बागमती प्रदेश कमिटी सदस्य एवम् तारकेश्वर नगर इन्चार्ज
३. भूषण महर्जन, बागमती प्रदेश कमिटी सदस्य
४. प्रकाश भण्डारी, काठमाडौं जिल्ला कमिटी सदस्य
५. श्याम भण्डारी, काठमाडौं जिल्ला कमिटी सदस्य
६. सीता अधिकारी, काठमाडौं जिल्ला कमिटी सदस्य
७. शंकर अधिकारी, काठमाडौं जिल्ला कमिटी सदस्य
८. संगम वैद्य, टोखा नगर कमिटी सदस्य
९. राजु लामा, टोखा नगर कमिटी सदस्य
१०. प्रकाश लामा, टोखा नगर कमिटी सदस्य
११. राजेन्द्र रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टी, बागमती प्रदेश कमिटी सदस्य

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : ०६ बजे

आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव भट्टराईको जोड

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीको

सामाखुसीमा नेपाली कांग्रेसको चुनाबी सभा  (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसले सामाखुसीमा चुनावी सभा सुरू गरेको छ । चुनावी

आगामी चुनाव जनमत संग्रह पनि हो : अध्यक्ष ओली

दमक– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

भोजपुरमा नेकपा र कांग्रेसका ६८ नेता कार्यकर्ता एमालेतिर

भोजपुर– भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आबद्ध रहेका

पश्चिम एसियाका नेपाली कामदारलाई नियमित सम्पर्कमा रहन आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी