इरानले हिन्द महासागरमा थाल्यो ‘अपरेशन ट्रु प्रमिस ४’, निशानामा अमेरिकी जहाज « Khabarhub

इरानले हिन्द महासागरमा थाल्यो ‘अपरेशन ट्रु प्रमिस ४’, निशानामा अमेरिकी जहाज


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले हिन्द महासागरमा ‘अपरेशन ट्रु प्रमिस ४’ सञ्चालन गरेको घोषणा गरेको छ।

इस्लामिक रिभोल्युसनरी गाडर्डठ कर्प्स (आईआरजीसी) का अनुसार उक्त अपरेशनअन्तर्गत हिन्द महासागर क्षेत्रमा विभिन्न आक्रमण गरिएको छ।

आईआरजीसीले जेबेल अलीमा रहेको एक जहाजमाथि चार वटा ड्रोनबाट आक्रमण गरिएको जनाएको छ।

उक्त जहाज अमेरिकी जहाजहरूका लागि हतियार बोकेर जाँदै गरेको दाबी गरिएको छ। हमलापछि जहाजमा ठूलो क्षति पुगेर सञ्चालनयोग्य नरहेको उल्लेख गरिएको छ।

वक्तव्यमा कुवेतको अब्दुल्ला मुबारक क्षेत्रमा रहेको अमेरिकी नौसैनिक अड्डामाथि मिसाइल र ड्रोन आक्रमण गरिएको उल्लेख छ। त्यसबाट उल्लेख्य क्षति भएको र केही सैनिक मारिएको वा घाइते भएको दाबी गरिएको छ।

‘ट्रु प्रमिस’ इरानले आफ्ना प्रतिआक्रमणहरूलाई दिएको नाम हो। इरानले मिसाइल वा ड्रोनमार्फत जवाफी कारबाही गर्दा त्यसलाई ‘ट्रु प्रमिस’ भन्ने गरेको छ, जुन प्रायः आईआरजीसीले सञ्चालन गर्छ।

ट्रु प्रमिसका अघिल्ला तीन अपरेशन

ट्रु प्रमिस १ : अप्रिल २०२४ मा सिरियास्थित आफ्ना दूतावासमाथि भएको हमलाको जवाफस्वरूप इरानले इजरायलमाथि सयौँ ड्रोन र मिसाइल प्रहार गरेको थियो। यो पहिलो प्रत्यक्ष आक्रमण मानिएको थियो।

ट्रु प्रमिस २ : त्यसको केही महिनापछि, अक्टोबर २०२४ मा आफ्ना सैन्य कमाण्डरहरूको हत्या भएको भन्दै इरानले पुनः मिसाइल र ड्रोन आक्रमण गरी इजरायललाई कडा चेतावनी दिएको थियो।

ट्रु प्रमिस ३ : गत वर्ष जुनमा इरानले इजरायलविरुद्ध तेस्रो अपरेशन सुरु गरेको थियो। उक्त क्रममा हजारौँ मिसाइल प्रहार गरिएको दाबी गरिएको थियो।

ओमानको दुक्म बन्दरगाहमा ड्रोन आक्रमण

ओमानको दुक्म बन्दरगाहमा दुईवटा ड्रोन आक्रमण भएको छ। एउटा ड्रोन कामदार बस्ने आवास क्षेत्रमा खसेर एक विदेशी कर्मचारी घाइते भएका छन्। अर्को ड्रोनको भग्नावशेष इन्धन ट्याङ्क नजिक खसे पनि ठूलो क्षति नभएको बताइएको छ।

साउदी अरेबियाको राजधानीमा विस्फोट

साउदी अरेबियाको राजधानी रियादको पूर्वी क्षेत्रमा विस्फोटका आवाज सुनिएको छ। एएफपीकाअनुसार स्थानीय बासिन्दाले ठूला विस्फोटको आवाजपछि आकाशमा धुवाँ उठेको देखेका बताएका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : ३० बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा