आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव भट्टराईको जोड « Khabarhub

आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव भट्टराईको जोड


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीको आन्तरिक विवाद त्यागेर एकताबद्ध भई निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । 

कमल गाउँपालिका गेउरियामा आइतबार आयोजित कोणसभामा उनले वर्तमान अवस्थामा आन्तरिक विवादलाई छाडेर एकढिक्का भई पार्टीका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग निरन्तर सम्पर्कमा रहनुपर्ने बताए । 

उपमहासचिव भट्टराईले सबै नेता–कार्यकर्ताले निर्वाचनमा आ–आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए  । उनले झापामा एमालेको विजय सिङ्गो पार्टीको प्रतिष्ठासँग गाँसिएकाले जसरी पनि मतदातालाई रिझाएर जित आफ्नो पक्षमा पार्नुपर्ने बताए ।

उनले भने, ‘यो देशको स्वाभिमानलाई माथि उठाउन, राष्ट्रियतालाई सुदृढ बनाउन र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा (एमाले) विजयी हुनुपर्छ ।’

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ४ : ४५ बजे

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि