आयातोल्लाह अली खामेनीको क्रूर हत्या गरियो : पुटिन « Khabarhub

आयातोल्लाह अली खामेनीको क्रूर हत्या गरियो : पुटिन


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको घटनालाई क्रूर हत्याको संज्ञा दिँदै निन्दा गरेका छन् । रुसी समाचार एजेन्सी तासका अनुसार राष्ट्रपति पुटिनले इरानी समकक्षी मसुद पेजेस्कियानलाई शोक सन्देश पठाउँदै समवेदना व्यक्त गरेका हुन् ।

पुटिनले खामेनीको हत्या मानवीय नैतिकताका सबै मापदण्ड र अन्तर्राष्ट्रिय कानुनको घोर उल्लङ्घन भएको बताएका छन् । उनले खामेनीलाई रुसमा एक प्रतिष्ठित राजनेताका रूपमा स्मरण गरिने बताएका छन् ।

पुटिनले इरान र रुसबीचको मैत्रीपूर्ण सम्बन्धलाई रणनीतिक साझेदारीको उचाइमा पुर्‍याउन उनको ठूलो योगदान रहेको पनि उल्लेख गरेका छन् । इरानमाथि भएको यो आक्रमणले क्षेत्रलाई थप अस्थिरतातिर धकेल्ने भन्दै रुसले चिन्ता व्यक्त गरेको छ।

इजरायल र अमेरिकाले संयुक्त रुपमा गरेको हमलाका क्रममा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको हो । यससँगै इरानमा नयाँ सर्वोच्च नेता चयनको प्रक्रिया अघि बढाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : ०१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार