स्वास्थ्यमन्त्री र माल्दिभ्सका लागि गैर–आवासीय राजदूतबीच भेटवार्ता, के-के भयो छलफल ? « Khabarhub

स्वास्थ्यमन्त्री र माल्दिभ्सका लागि गैर–आवासीय राजदूतबीच भेटवार्ता, के-के भयो छलफल ?


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतम र माल्दिभ्सका लागि नेपालकी गैर–आवासीय राजदूत एकसाथ अजीमाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा सम्पन्न भेटवार्ताको प्रारम्भमा मन्त्री गौतमले राजदूत अजिमालाई माल्दिभ्सको राजदूतमा नियुक्त भएकोमा बधाई दिँदै अनुभवी कूटनीतिज्ञ महत्वपूर्ण जिम्मेवारीमा नियुक्त हुनु सकारात्मक भएको उल्लेख गरिन् । 

सन् १९८० देखि नेपाल र माल्दिभ्स बीच स्थापित कूटनीतिक सम्बन्ध स्मरण गर्दै मन्त्री गौतमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताइन् । 

उनले राजदूत अजिमाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरिन् । भेटका क्रममा नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तार, विशेषगरी चिकित्सा शिक्षा, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आदान–प्रदान र स्वास्थ्य सेवामा आपसी योगदानका विषयमा विस्तृत छलफल भएको थियो ।

मन्त्री गौतमले माल्दिभ्समा कार्यरत नेपाली स्वास्थ्यकर्मीमार्फत अघि बढाइएका सहकार्यसम्बन्धी प्रस्तावित मस्यौदाहरू आवश्यक प्रक्रिया पूरा गरी छिट्टै अन्तिम रूप दिनुपर्ने आवश्यकता औँल्याएको मन्त्रालयले जनाएको छ ।

दुई देशबीच स्वास्थ्य सेवा तथा जनशक्ति सहकार्यलाई संस्थागत गर्दै आगामी दिनमा साझेदारी अझ मजबुत बनाउने विषयमा समेत सकारात्मक समझदारी भएको बताइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : ०९ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा