स्वास्थ्यमन्त्री र माल्दिभ्सका लागि गैर–आवासीय राजदूतबीच भेटवार्ता, के-के भयो छलफल ? « Khabarhub

स्वास्थ्यमन्त्री र माल्दिभ्सका लागि गैर–आवासीय राजदूतबीच भेटवार्ता, के-के भयो छलफल ?


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतम र माल्दिभ्सका लागि नेपालकी गैर–आवासीय राजदूत एकसाथ अजीमाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा सम्पन्न भेटवार्ताको प्रारम्भमा मन्त्री गौतमले राजदूत अजिमालाई माल्दिभ्सको राजदूतमा नियुक्त भएकोमा बधाई दिँदै अनुभवी कूटनीतिज्ञ महत्वपूर्ण जिम्मेवारीमा नियुक्त हुनु सकारात्मक भएको उल्लेख गरिन् । 

सन् १९८० देखि नेपाल र माल्दिभ्स बीच स्थापित कूटनीतिक सम्बन्ध स्मरण गर्दै मन्त्री गौतमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताइन् । 

उनले राजदूत अजिमाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास समेत व्यक्त गरिन् । भेटका क्रममा नेपाल र माल्दिभ्सबीच स्वास्थ्य क्षेत्रको सहकार्य विस्तार, विशेषगरी चिकित्सा शिक्षा, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आदान–प्रदान र स्वास्थ्य सेवामा आपसी योगदानका विषयमा विस्तृत छलफल भएको थियो ।

मन्त्री गौतमले माल्दिभ्समा कार्यरत नेपाली स्वास्थ्यकर्मीमार्फत अघि बढाइएका सहकार्यसम्बन्धी प्रस्तावित मस्यौदाहरू आवश्यक प्रक्रिया पूरा गरी छिट्टै अन्तिम रूप दिनुपर्ने आवश्यकता औँल्याएको मन्त्रालयले जनाएको छ ।

दुई देशबीच स्वास्थ्य सेवा तथा जनशक्ति सहकार्यलाई संस्थागत गर्दै आगामी दिनमा साझेदारी अझ मजबुत बनाउने विषयमा समेत सकारात्मक समझदारी भएको बताइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ५ : ०९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल