निर्वाचनमा धाँधली हुन नदिने सेनाको आश्वासन, भन्यो : मतपेटिका सबैको रोहबरमा ओसार्छौँ « Khabarhub

निर्वाचनमा धाँधली हुन नदिने सेनाको आश्वासन, भन्यो : मतपेटिका सबैको रोहबरमा ओसार्छौँ


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायसँग समन्वय र सहकार्य गर्दै आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन प्रतिबद्ध रहेको जनाएको छ।

जंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन सुरक्षासम्बन्धी सम्पूर्ण कार्य ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन–२०७४’ र ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२’ अनुसार सञ्चालन भइरहेको उल्लेख छ।

मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकल बमोजिम नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधि र नेपाली सेना सम्मिलित एकीकृत टोलीले मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ढुवानी गर्ने जंगी अड्डाले जनाएको छ ।

सेनाले वि.सं. २०४८ सालको प्रतिनिधि सभा निर्वाचनदेखि हालसम्म सम्पन्न सबै निर्वाचनमा सुरक्षा जिम्मेवारी निर्वाह गर्दै आएको स्मरण गराएको छ।

सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा, काठमाडौंबाट सबै जिल्लास्थित निर्वाचन कार्यालयसम्म मतपत्र ढुवानी, निर्वाचन अवधिभर तेस्रो घेरामा रही सुरक्षा प्रदान गर्ने तथा निर्वाचनपछि संयुक्त टोलीमार्फत् मतपेटिका मतगणना स्थलसम्म पुर्‍याउने कार्य गर्दै आएको जनाएको छ।

सेनाले आसन्न निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन सबै पक्षसँग सहकार्य जारी रहने जनाएको छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ६ : १७ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा