निर्वाचन आचारसंहिताको पालना गर्न मानव अधिकार आयोगको आग्रह « Khabarhub

निर्वाचन आचारसंहिताको पालना गर्न मानव अधिकार आयोगको आग्रह


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

निर्वाचन सफल पार्न सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले सबै पक्षले धैर्यता र संयमता अपनाउन, सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गालीगलौज गर्ने प्रकारका सामग्री उत्पादन र प्रकाशन÷प्रसारण नगर्न, शान्ति सुरक्षालाई थप मजबुत बनाउन, सम्भावित अवाञ्छित गतिविधि हुन नदिन तथा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न आयोगले आग्रह गरेको छ । 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा निर्वाचनलाई मानवअधिकारमैत्री बनाई नागरिकको मानवअधिकारको सम्मान गर्न नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको उल्लेख छ ।

‘आयोगले गरेको निर्वाचनपूर्वको अनुगमनको क्रममा उम्मेदवारबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको छ, देशका विभिन्न भागमा र्‍याली तथा सभामा बालबालिका सहभागी हुनु, पत्रकारमाथि धम्की तथा कुटपिट हुनु आचारसंहिता विपरीत हो’, विज्ञप्तिमा भनिएको छ, ‘भौतिक रूपमा चुनाव चिह्नको प्रयोग हुनु, बिना अनुमति व्यक्तिका घरमा प्रचार सामग्री र झण्डा टाँगिनु, स्थानीय निकाय तथा प्रदेश सरकारका पदाधिकारी निर्वाचनको प्रचारप्रसारमा सहभागी हुने गरेको पाइएको छ ।’

अनुगमनका क्रममा उम्मेदवारले अनुमति बिना बढी सवारीसाधन प्रयोग गर्नु, मतदातालाई अनुचित प्रभाव पार्ने प्रयास गरिनु, दलका कार्यकर्ता र समर्थकले सामाजिक सञ्जालको दुरुपयोग गरी एकापसमा गालीगलौज गर्ने गरेको पाइएको आयोगले जनाएको छ । 

साथै, सीमान्तकृत समुदायमा पर्याप्त मतदाता शिक्षा पुग्न नसक्नुजस्ता तथ्य पाइएको भए पनि दलका नेता र उम्मेदवारबीचको आपसी सौहार्दता, सुरक्षा निकायको सुरक्षा सतर्कता तथा निर्वाचन अधिकारी र स्थानीय प्रशासनबाट भएको निर्वाचनको तयारीजस्ता विषयलाई आयोगले सकारात्मक रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आयोगले अनुगमन टोली बनाई ४२ जिल्लामा निर्वाचन पूर्वको अनुगमन गरेको छ । 

आयोगको केन्द्रीय तथा प्रदेश कार्यालयबाट खटिएको अनुगमन टोलीले निर्वाचन अधिकृतको कार्यालयबाट भएको निर्वाचन तयारी, आचारसंहिताको पालनाको स्थिति, शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग छलफल  गरेको थियो ।

अनुगमनका क्रममा राजनीतिक दल, उम्मेदवार तथा मतदातासँग आयोगले जानकारी लिएको र आयोगले विगतका निर्वाचनदेखि नै निर्वाचन अनुगमन गरी प्राप्त तथ्यका आधारमा सम्बन्धित निकायलाई आवश्यक सिफारिस गरी निर्वाचनलाई मानवअधिकारमैत्री बनाउन आग्रह गर्दै आएको छ । आयोगले निर्वाचनको दिन पनि विभिन्न अनुगमन टोली बनाई देशैभर अनुगमन गर्नेछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ६ : २२ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा