सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षा प्रबन्ध गरेका छौँ « Khabarhub

सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षा प्रबन्ध गरेका छौँ


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मध्यपूर्वमा देशको विमानस्थलमा रहेका नेपालीहरूलाई सोही स्थानमा सुरक्षित राख्ने प्रबन्ध गरेको जनाएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री बालानन्द शर्माले अहिले विमानस्थल बन्द रहेकाले कसैलाई फर्काउन नसक्ने भएकाले विमानस्थलमा फसेका नागरिकलाई सोही स्थानमा नै सुरक्षित राख्ने प्रबन्ध गरिएको जानकारी दिए ।

बैठकमा मध्यपूर्वमा उत्पन्न तनावपछि नेपाललाई परेको प्रभाव, नेपालले दिने प्रतिक्रिया र नेपाली नागरिकलाई परेको असरका साथै समाधानबारे छलफल भएको मन्त्री शर्माले बताए  ।

उनले नेपालबाट मध्यपूर्वमा जान लागेका श्रमिकहरूलाई काठमाडौस्थीत त्रिभुवन विमानस्थलमा भएको समस्या श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरेर समाधान गरिसकेको उल्लेख गरे ।

त्यस्तै सम्बन्धित मुलुकमा गएर ट्रान्जिटमा परेका कामदार र यात्रुहरूलाई परेको समस्या समाधानका लागि सम्बन्धित देशका राजदूतसँग समन्वय भइसकेको उनले बताए । ट्रान्जिटमा रहेकाहरूलाई गन्तव्यसम्म पुराउने अथवा जान नसक्नेहरूलाई सम्बन्धित व्यवसायी कम्पनी वा एयरलाइन्सहरूले रेखदेख गर्ने गरी समन्वय भइरहेको मन्त्री शर्माले जानकारी दिए । 

उनले मध्यपूर्वमा रहेका नेपालीहरूको स्वास्थ्य, सुरक्षाको बारेमा अहिलेसम्म कुनै पनि हताहत नभएको र सुरक्षाको निमित्त उचित प्रबन्ध मिलाइसकेको समेत बताए  । 

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ०४ बजे

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले

‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’

काठमाडौं– पर्यटन व्यवसायीले नेपालको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रतिस्पर्धी र

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति

काठमाडौं– सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै

कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता

बोगोटा- पश्चिमी कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु