चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल « Khabarhub

चाडपर्वमा एकरुपता ल्याउन महानगर एवम् पञ्चाङ्ग निर्णायक समितिबीच छलफल


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विसं २०८३ का तिथिमिति र काठमाडौँ उपत्यकाका चाडपर्वमा एकरुपता ल्याउने विषयमा काठमाडौं महानगरपालिका र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबीच छलफल भएको छ । 

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक लक्ष्मण पन्थी, सदस्य रतिदेवी जोशी श्रेष्ठसहित पदाधिकारीबीच आज छलफल भएको हो । तिथिमितिका कारण पर्व अघिल्लो दिन मनाउने कि पछिल्लो दिन मनाउने भन्ने विगत वर्षको द्विविधा आगामी वर्ष दोहोरिन नदिन गरिएका प्रयत्नका बारेमा महानगरपालिका र समितिबीच छलफल भएको हो । 

छलफलमा कार्यवाहक प्रमुख डङ्गोलले व्यवहारिक अभ्यासको दृष्टान्त दिँदै भनिन्, ‘नेवार समुदायमा काठमाडौँ, भक्तपुर र ललितपुर एक ठाउँबाट विवाह भएर अर्को ठाउँ गएकी छोरीको घरमा पर्व सुरु हुँदा माइतीमा सकिने वा माइतीमा सुरु हुँदा घरमा सकिने अवस्थाले समस्या भोग्नुपरेको अनुभव छ । पर्वले पारिवारिक र सामाजिक सद्भाव जोड्नु पर्नेमा यहाँ र त्यहाँ भन्ने भाव उत्पन्न भएको पाइएको छ । यस्ता विषयमा पञ्चाङ्ग निर्णायक विकास समितिले व्यवहारिक समाधान दिनुपर्छ । चाडपर्वले परिवार र समुदायलाई विभाजन नगरोस् भन्नेमा समेत रहनुपर्छ ।’

समितिले विगतमा अनुभूति गरिएका समस्याको समाधानका लागि यस वर्ष समुदाय र पर्वको निर्णय दिने व्यक्तिसँग पर्व परम्पराका विषयमा छलफल चलाएको छ । समितिका सदस्य सचिव एवं कार्यकारी निर्देशक पन्थीले भने, ‘पर्व परम्परालाई एकरूपता दिन विगत वर्षमा नसमेटिएका देशभरिका करिब २५ वटा पर्व यस वर्ष समेटेका छौँ । विगतमा विवाद देखिएका अवस्थाबारे छलफल चलाएका छौँ ।’

समितिका सदस्य जोशी श्रेष्ठले काठमाडौँ उपत्यकाभित्रका पर्व र तिथिमितिका विषयमा विभिन्न समुदायबीच अन्तरक्रिया गरिएको जानकारी दिए । इस्वी संवत् अर्थात् ग्रेगोरियन क्यालेन्डर सौर्य चक्रमा आधारित हुन्छ । यसमा ३६५ दशमलव २५ दिनको एक वर्ष हुन्छ । फेब्रुअरी बाहेकका महिना ३० वा ३१ दिनका हुन्छन् । 

विक्रम संवत् चन्द्रमास र सौरमास चक्रको संयोजनमा आधारित क्यालेण्डरमा आधारित छ । नेपाल संवत चन्द्रमासको प्रतिपदा तिथिमा आधारित हुन्छ । यसका महिना चन्द्रमाको गतिका आधारमा २९ देखि ३२ दिनसम्मका हुन्छन् । हरेक वर्षमा एउटा अधिकमास थपेर सौर्य चक्रसँग तालमेल गराउने गरिन्छ । 

नेपालको मौलिक संवत् नेपाल संवत्, राजा राघवदेवको राज्यकालमा सुरु भएको लिच्छवि संवत् ८०२ समाप्त भएपछि अर्थात् लिच्छवि संवत् ८०३ हुनुपर्ने ठाउँमा त्यसो नभई पुनः एकबाट नयाँ संवत् नै सुरु भएको हो । रासस

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ७ : ५४ बजे

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै