सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने « Khabarhub

सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ ।

बुधबार सिंहदरबारस्थीत संसद् सचिवालयमा बसेको सर्वदलीय बैठकमा चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख निर्वाचन गर्नेगरि तालिका बनाउने सहमति जुटेको हो । 

सभामुख चयनका लागि बिहीबार बस्ने पहिलो बैठकमा नै निर्वाचनको प्रस्ताव प्रस्तुत हुने र चैत २० गते मनोनयन दर्ताका लागि समय छुट्टाउने गरी प्रक्रिया अघि बढ्ने रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

त्यस्तै प्रतिनिधिसभाको बैठक सञ्चालनको लागि नयाँ नियमावली नबन्दासम्म पहिलेकै नियमावलीबाट बैठक सञ्चालन गरिने उनले बताए ।

त्यसैगरि पहिलो बैठकमा जेन-जी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिने र दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने तय भएको छ ।

रास्वपा सांसद बुर्लाकोटीले कार्य व्यवस्थामा रास्वपाका सांसदहरूको संख्या अलि बढी रहेकाले अरु दलका सांसदहरूलाई प्रतिनिधित्व गर्ने विषयमा छलफल भएको र यस विषयमा पार्टीभित्र पनि छलफल गर्ने बताए । 

त्यस्तै बैठकपछि राप्रपा सांसद खुश्वु ओलीले राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई हरेक समितिमा प्रतिनिधित्व गराउने विषयमा आफूले कुरा राखेको बताइन् । प्रतिनिधिसभा नियमावलीमा संशोधन गर्ने विषयमा पनि पार्टीका तर्फबाट आवश्यक सुझाव राखिएको उनको भनाइ छ ।  

प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउसो २ बजे संसद् भवन सिंहदरबारमा बस्दैछ । सो बैठकको कार्यसूची तयार गर्न संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूसँग संसद् सचिवालयले छलफल गरेको हो ।  

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : ५० बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली