सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास « Khabarhub

सुहाङलाई पेलेर बादललाई दलको नेता बनाउने प्रयास


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको बादल जबरस्ती पठाउने कोसिस भइरहेको छ।

आफूले निर्वाचनमा जानुपर्ने बताउँदा बताउँदै पनि पेलेर बादलको नाम लैजान खोजेको युवा नेता सुहाङ नेम्बाङ पक्षले आरोप लगाएको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा जारी संसदीय दलको बैठकमा उपाध्यक्ष बादलको बलजफ्ती सहमति गराउन खोजिएको गुनासो सुहाङ पक्षको छ।

सहमति नजुटेपछि जबरजस्ती बादलको नाम पठाउन खोजेपछि नेम्बाङ पक्षले प्रतिरोध गरेको छ।

नेम्बाङ पक्षले एक भोट आए पनि निर्वाचनको सामना गर्ने अडान लिएको छ। स्वच्छ र निष्पक्ष ढंगले निर्वाचन हुनुपर्ने सुहाङ पक्षले गरिरहेको छ।

एमाले संसदीय दलको नेतामा दाबी गरेका सुहाङ इलाम २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उता बादललाई भने अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा राखेर सांसद बनाएका हुन् ।

एमाले अध्यक्ष ओलीले बादललाई नै दलको दिनुपर्ने निर्देशन यसअघि नै दिइसकेका छन् । सुहाङले भने भदौ २३ र २४ को जेन-जी आन्दोलन तथा फागुन २१ को चुनावी जनादेशअनुसार युवामा नेतृत्व आउनुपर्ने अडान राखेका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठक यही १९ गते दिउँसो २ बजे बस्दैछ । त्यहीकारण दलहरू संसदीय दलको नेतासहित उपनेता, प्रमुख सचेतक र सचेतक चुन्ने चटारोमा छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ४ : ०२ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का