संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क ज्ञानेन्द्रले सम्बोधन गर्ने « Khabarhub

संसद्को पहिलो बैठकमा रवि, बादल, प्रचण्ड, हर्क ज्ञानेन्द्रले सम्बोधन गर्ने


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेको निर्वाचनबाट चयन भएको प्रतिनिधि सभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति जुटेको छ।

बुधबार कांग्रेस सांसद अर्जुननरसिंह केसीको संयोजकत्वमा सिंहदरबारमा बसेको बैठकले शीर्ष नेताहरूबाट सम्बोधन हुने सहमति जुटाएको हो।

यसरी सम्बोधन गर्ने शीर्ष नेतामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछानेले बोल्नेछन् ।

उनीलाई पायक नपरेको खण्डमा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने सम्भावना छ ।

उता नेकपा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादलले सम्बोधन गर्ने तालिका तय भएको छ।

नेपाली कांग्रेसले कसलाई बोल्न दिन्छ भन्ने अहिलेसम्म टुङ्ग्याएको छैन।

कांग्रेसले अझै पनि संसदीय दलको नेता पनि चयन गर्न सकेको छैन । सभापति गगन थापासहित अधिकांश पराजित भएको अवस्थामा दलको नेता चयन हुन बाँकी छ ।

कांग्रेसमा अहिले शेरबहादुर देउवा पक्ष र संस्थापन गगन थापा पक्षबीच किचलो देखिएको छ। केही सांसदहरू देउवा पक्षमा पनि देखिँदा झमेला हुने सम्भावना छ।

यता श्रम संस्कृति पार्टीबाट अध्यक्ष हर्क साम्पाङले सम्बोधन गर्नेछन् । नेकपाबाट संसदीय दलको नेतामा चयन भइसकेका पुष्पकमल दाहाल प्रचण्ड बोल्नेछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने तालिका तय भइसकेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ५ : १६ बजे

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट