नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान « Khabarhub

नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका लागि एकमहिने विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ ।

‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ अन्तर्गत सञ्चालन गरिएको यस अभियानमा स्वास्थ्यकर्मीहरूको टोली गाउँपालिकाका विभिन्न बस्तीमा घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरिरहेको छ ।

अभियानअन्तर्गत पालिकामा बसोवास गर्ने नागरिकहरूको रक्तचाप, मधुमेह, मिर्गौलासम्बन्धी रोग, मोटोपनलगायत नसर्ने रोगहरूको परीक्षण गरिनुका साथै उचाइ र तौलका आधारमा बीएमआई मापन गर्ने कार्य भइरहेको छ । साथै क्षयरोगका लक्षण देखिएका बिरामीलाई थप परीक्षण तथा उपचारका लागि स्वास्थ्य संस्थामा रेफरल सेवा, मानसिक स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्रदान गरिँदै आएको स्वास्थ्य शाखाले जनाएको छ ।

लालझाडी गाउँपालिकाका सबै छ वटै वडामा सञ्चालन भइरहेको ‘नसर्ने रोग खोजपड्ताल स्क्रिनिङ अभियान २०८२’ अन्तर्गत विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकहरूको घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार नागरिकहरू स्वास्थ्य संस्था पुगेर सेवा लिन कुर्नुभन्दा स्वास्थ्य सेवा नै नागरिकको घरदैलोमा पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत गाउँघरमै स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा आवश्यक परे थप उपचारका लागि स्वास्थ्य संस्थामा रिफर गर्ने व्यवस्था गरिएको उनले बताए ।

यस अभियानमार्फत दादुरा, कालाजार, हात्तीपाइले, क्षयरोग, मधुमेह र कुष्ठरोग जस्ता रोगहरूको नियन्त्रण तथा उन्मूलनमा सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो । ग्रामीण क्षेत्रमा धेरैजसो नागरिकले नियमित स्वास्थ्य परीक्षण नगर्ने र रोग ढिलो थाहा हुने समस्या रहेको अवस्थामा यस्तो घरदैलो अभियान प्रभावकारी हुने विश्वास उनको छ ।

गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्यकर्मीको टोली घरदैलोमा पुगेको समयमा आवश्यक परीक्षण गराइ सहयोग गर्न अनुरोध गरेको छ ।

साथै ३० वर्षमाथिका नागरिकहरूले आफू नजिकको स्वास्थ्य संस्थामा पुगेर नसर्ने रोग पहिचानका लागि परीक्षण गराउन सक्ने व्यवस्था गरिएको स्वास्थ्य शाखाले जनाएको छ । लालझाडी गाउँपालिकाको यस प्रयासले समुदायस्तरमै स्वास्थ्य सेवा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ८ : १४ बजे

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार

अर्थ र सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक

विश्वकप: अमेरिकाले इरानी समर्थकको टिकट रद्द गरेको इरानको दाबी

तेहरान – इरानी फुटबल महासङ्घले सन् २०२६ को विश्वकप सह–आयोजक

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल