सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै « Khabarhub

सुदूरपश्चिमबाट एसइई परीक्षामा ५४ हजार परीक्षार्थी सहभागी हुँदै


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सुदूरपश्चिमबाट ५३ हजार ९७३ परीक्षार्थी सहभागी हुँदै छन् ।

शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक दुर्गा दत्त विष्टका अनुसार परिक्षा सम्पूर्ण तयारी पुरा भएको बताए । ‘प्रश्नपत्र र उत्तरपुस्तीकाहरु सम्बन्धित परीक्षा केन्द्रमा पुगेर सिट प्यालन भइसकेको छ,’ महानिर्देशक विष्टले भने, ‘परीक्षालाई शान्तिपूर्ण सम्पन्न गर्न जनशक्ति परिचालन गरिएको छ ।’

उनका अनुसार सुदूरपश्चिमबाट नियमिततर्फ ४० हजार ७१०, प्राविधिक धारका एक हजार ७७८ र ग्रेडवृद्धिमा ११ हजार ४८५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुँदै छन् ।

परीक्षामा सबैभन्दा बढी कैलालीमा १८ हजार २७८ विद्यार्थी छन् । सबैभन्दा कम बाजुरामा दुई हजार ४२६ विद्यार्थी छन् । दार्चुलामा तीन हजार ५६८, कञ्चनपुरमा १० हजार ८९८, बैतडीमा चार हजार ५२९, अछाममा चार हजार ४९१, बझाङमा तीन हजार ४२१, डोटीमा तीन हजार ३१४ र डडेल्धुरामा तीन हजार ४८ परीक्षार्थी रहेका छन् ।

महानिर्देशक विष्टका अनुसार प्रदेशभर २२१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । २२१ केन्द्राध्यक्ष र ३७३ सहायक केन्द्राध्यक्ष तथा दुई हजार ७२८ जना निरीक्षकलाई परीक्षामा गरिएको छ ।

प्रतिपरीक्षा केन्द्रमा १५ जनाका दरले तीन हजार ३१५ प्रहरी, ४६९ जना परीक्षा सहायक र एक हजार १०३ जना सहयोगी कर्मचारी खटिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ८ : ४१ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी