आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल   « Khabarhub

आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल  


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख शुक्ल पूर्णिमा । बुद्ध जयन्ती,उभौली पर्व, चण्डेश्वरी जात्रा, चण्डी पूर्णिमा, गोरखनाथ जयन्ती, कुर्म जयन्ती, वैशाख स्नान समाप्ति र अन्तर्राष्ट्रिय श्रमिक दिवस आजै परेका छन् । तदनुसार सन् २०२६ मे १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । आज तपाईंको मन शान्त बन्नेछ । सामूहिक कार्य गरेको भए सफलता मिल्नेछ । टाढा पुगेका साथी आज तपाईंको कुरा सुनेर सहकार्य गर्न आइपुग्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य छ । दैनिक काममा सहजता मिल्नेछ । साथीभाइसँगको भेटले नयाँ योजना बन्नेछन् । दाम्पत्य जीवन सुखमय रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षाको क्षेत्रमा भने मिहिनेत गर्नुपर्नेछ ।

मिथुन : आज शुभ दिन रहेको छ । आज सुरु गरेको कामबाट फाइदा हुनेछ । नयाँ कामको थालनी गर्दा उपयुक्त हुने देखिन्छ । बोलीका कारण साथीहरु रुष्ट भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । गुरुसँगको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ ।

कर्कट : दिन राम्रो छ । तपाईंले गरेको मिहिनेतको फाइदा अरुले लिनेछन् । आत्मविश्वासको कमी हुँदा महत्त्वपूर्ण काम नबन्ने जोखिम छ । डुब्न लागेको सम्पत्ति भने फिर्ता हुने योग  छ ।

सिंह : नयाँ कार्यको थालनी गर्न लागेको भए विज्ञसँग सल्लाह लिनु उचित हुनेछ । लामो समयदेखि रोकिएका योजना संशोधन गरेर अगाडि बढ्नुपर्ने समय आएको छ । विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

कन्या : साथीले प्रशंसा गर्नेछन्।  मनमा खुशी मिल्नेछ । उद्योग र व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ । अध्ययनमा मिहिनेत गरेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

तुला : दिन राम्रो छ । साहित्य र कलाको क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा लाभ हुने योग छ । दाम्पत्य जीवनमा खटपटी आउने जोखिम छ । शिक्षाको क्षेत्रमा लगानी गरे फाइदा हुने योग छ ।

वृश्चिक : खानपानमा ख्याल नगर्दा रोग बढ्ने भएकाले विशेष ख्याल गर्नुपर्ने समय छ। औषधीमा नियमित गर्नुपर्ने देखिन्छ । कार्य क्षेत्रमा बौद्धिक क्षमताको प्रशंसा हुनेछ । सानो प्रयासले सोचेको काम बन्नेछ ।

धनु : श्रमको मूल्य प्राप्त गर्न संघर्ष गर्नुपर्ने समय छ । आध्यात्मिक अभियन्तासँगको भेटले मनमा हौसला बढ्नेछ । आज बोलेका कुराले दीर्घकालीन प्रभाव पार्ने देखिन्छ । दैनिक काम गर्दा थोरै बोल्नु उचित हुन्छ । घर व्यवहारमा मिहिनेतको खाँचो देखिन्छ ।

मकर : आफन्तबाट सुझाव लिएर गरेको काम सफल बन्नेछ । स्वास्थ्यको क्षेत्रमा भने विशेष ध्यान दिनुपर्नेछ । धार्मिक कार्यमा मन जानेछ । भ्रमण गर्दैै हुनुहुन्छ भने रमाइलोसँग दिन बित्नेछ । मिहिनेतको फल मिल्नेछ ।

कुम्भ : दिन राम्रो छ । साहसिक काम गर्ने समय आएको छ । लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ । व्यापारमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा राम्रो प्रभाव रहेको छ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मीन : दिन सामान्य छ । शत्रु बढ्नेछन् । सन्तानको प्रगति देखेर मन खुशी हुनेछ । आर्थिक र सामाजिक क्षेत्रमा राम्रो प्रभाव देखिनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने दिन छ । मिहिनेतको फल प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ५ : ०५ बजे

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन