चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान « Khabarhub

चैतेधानखेती प्रवर्द्धनार्थ किसानलाई अनुदान


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कृषि विकास कार्यालयले चैतेधान उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशतसम्म अनुदान प्रदान गरेको छ । 

किसानले चैतेधान लगाउन छाडेपछि यसको संरक्षणका लागि व्यावसायिक चैते धान खेती प्रवर्द्धनमा जोड दिइएको उक्त कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले बताए।

उनले भने, ‘अनुदान पाएपछि किसानले उत्साहित भएर चैतेधान रोपेका छन् । चैतेधानको बीउसँगै सिँचाइको व्यवस्था नभएका स्थानमा कुलो खन्नसमेत अनुदान दिइएको छ ।’

यो वर्ष तीन हजार ८०० रोपनीमा चैतेधानखेती गरिएको छ ।  व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा  व्यावसायिक रूपमा चैते धानखेती भएको छ । 

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ७ : १८ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी