वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो « Khabarhub

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप क्षेत्रमा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य चहलपहल देखिएको छ।

शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतम को २५७०औँ जयन्ती आज विभिन्न धार्मिक कार्यक्रमका साथ मनाइँदै छ। हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको नवौँ अवतारका रूपमा मान्ने बुद्धको पूजा, आराधना तथा प्रवचन गरी दिवस मनाउने परम्परा रहेको छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीमा बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा र विहारहरूमा पुगेर पूजा–अर्चना गर्ने गर्छन्। लामा तथा बौद्ध धर्मगुरुको उपस्थितिमा परम्परागत विधिअनुसार धार्मिक क्रियाकलाप सञ्चालन भइरहेको छ।

आजका दिन लुम्बिनी, बौद्धनाथ स्तूप लगायतका धार्मिक स्थलहरूमा पनि विशेष कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइँदै छ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ९ : ११ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्