एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै  « Khabarhub

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यकाभित्र आज (वैशाख १८) देखि मतदान सुरु हुँदैछ । 

निर्वाचन समितिका अनुसार उपत्यकाभित्रको मतदान आज र भोलि (वैशाख १८ र १९ गते) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ ।

यसअघि पहिलो चरणअन्तर्गत काठमाडौं उपत्यकाबाहिरका २३ मतदान केन्द्रमा वैशाख ४ र ५ गते मतदान सम्पन्न भइसकेको छ । उपत्यका बाहिर कुल ४ हजार २४४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यसपटक संघको १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन समूह चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, सात प्रदेशबाट १–१ जना उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह(कोषाध्यक्ष १ र सदस्य ६ जना गरी कुल १९ पदका लागि तीन समूहबाट ५५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

डा.बद्री रिजाल समूह

डा. बद्री रिजाल नेतृत्वको प्यानलबाट अध्यक्षमा डा. बद्री रिजाल उम्मेदवार छन् । वरिष्ठ उपाध्यक्षमा डा. सन्जिब तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिवमा डा। हुलास अग्रवाल र सह(कोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल उम्मेदवार छन् ।

प्रदेश उपाध्यक्षतर्फ कोशीमा डा.रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा.सुवास भट्टराई, गण्डकीमा डा. नवराज लम्डारी, लुम्बिनीमा डा.नन्दा गुरुङ, कर्णालीमा डा. सुरजकुमार गिरी र सुदूरपश्चिममा डा. प्रमोद जोशी उम्मेदवार छन् ।

सदस्यतर्फ डा. परशुराम घिमिरे, डा.राकेश साह, डा. सुमेध मिश्र, डा.बिना श्रेष्ठ, डा. हिमलाल भण्डारी र डा. सुस्मित काफ्ले उम्मेदवार रहेका छन् ।

डा.मंगल रावल समूह

डा.मंगल रावल नेतृत्वको प्यानलबाट अध्यक्षमा ड. मंगल रावल उम्मेदवार छन् । वरिष्ठ उपाध्यक्षमा डा.कीर्तिपाल सुवेदी, महासचिवमा डा. कालुसिंह खत्री, कोषाध्यक्षमा डा. चन्दनी जयसवाल, सहसचिवमा डा. रामजीवन प्रसाद र सह(कोषाध्यक्षमा डा. सुवास गुरुङ उम्मेदवार छन् ।

प्रदेश उपाध्यक्षतर्फ कोशीमा डा.टंक बाराकोटी, मधेशमा डा. उदयनारायण सिंह, बागमतीमा डा. अरुण शाही, गण्डकीमा डा.यज्ञराज सिग्देल, लुम्बिनीमा डा. सन्तोष पोखरेल, कर्णालीमा डा.रविन खड्का र सुदूरपश्चिममा डा. निरज अर्याल उम्मेदवार छन् ।

सदस्यतर्फ डा. अमित झा, डा.अरुण उप्रेती, डा. निराजन तामाङ, डा. जेबाना अन्सारी, डा. दिक्षा बोहरा र डा. पल्पसा श्रेष्ठ चुनावी मैदानमा छन् ।

‘टिम रिफर्म’ डा. नारायण भुषाल समूह

‘टिम रिफर्म’का नाममा चुनावी मैदानमा रहेको डा. नारायण भुषाल समूहबाट अध्यक्षमा डा.नारायण भुषाल उम्मेदवार छन् । वरिष्ठ उपाध्यक्षमा डा.अजयकुमार मिश्र, महासचिवमा डा. अमित भुषाल, कोषाध्यक्षमा डा. विनोदकुमार महाशेठ, सहसचिवमा डा. सन्तोष अधिकारी र सह(कोषाध्यक्षमा डा. राजकुमार दंगाल उम्मेदवार छन् ।

प्रदेश उपाध्यक्षतर्फ कोशीमा डा.हरिशंकर कार्की, मधेशमा डा. मोहम्मद आनामुल हक, बागमतीमा डा. एकानन्द सिंह, लुम्बिनीमा डा. लक्ष्मण शर्मा र कर्णालीमा डा.अनुप समाल उम्मेदवार छन् ।

सदस्यतर्फ डा. आरती शाह, डा.गणेश चौधरी, डा. जीवन क्षेत्री, डा. विजयबाबु शाह, डा. शेषराज घिमिरे र डा.भवानी शिल्पकार उम्मेदवार रहेका छन् । उपत्यकाभित्रको मतदान सम्पन्न भएपछि नयाँ नेतृत्वको टुंगो लाग्नेछ ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  १२ : १९ बजे

‘वास्तविक सुकुम्वासीलाई छिट्टै जग्गा दिएको राम्रो, नत्र खत्तम होला’

काठमाडौं- ५७ वर्षीय वसन्त माझीको तन कीर्तिपुरको राधास्वामी सत्संग आश्रमको

वडा सीमा विवाद सुल्झाउने मापदण्डको  सुझावमाथि अध्ययन जारी

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कतिपय स्थानीय तहका

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौं– नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

विश्व श्रमिक दिवसका दिन ओपीडी सञ्चालन गर्न दिएको मन्त्रालयको विज्ञप्तिप्रति हेपोनको आपत्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व श्रमिक दिवसका दिन जारी

परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

काठमाडौं– नेपाल अहिले पनि विश्वका धेरै मातृ मृत्युदर भएका देशमा