विश्व श्रमिक दिवसका दिन ओपीडी सञ्चालन गर्न दिएको मन्त्रालयको विज्ञप्तिप्रति हेपोनको आपत्ति  « Khabarhub

विश्व श्रमिक दिवसका दिन ओपीडी सञ्चालन गर्न दिएको मन्त्रालयको विज्ञप्तिप्रति हेपोनको आपत्ति 


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व श्रमिक दिवसका दिन जारी गरेको विज्ञप्तिप्रति नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) ले आपत्ति जनाएको छ । 

संघले मन्त्रालयको विज्ञप्तिले अस्पतालको इमर्जेन्सी सेवा सञ्चालनमा देखिएका समस्या र श्रमिक स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको घटनालाई बेवास्ता गर्दै उल्टै स्वास्थ्यकर्मीमाथि दोष थोपर्ने प्रयास गरेको आरोप लगाएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै वैशाख १७ गते बेलुका स्वास्थ्य मन्त्रालयभित्र श्रमिक दिवस (मे १) तथा बुढा सुभ्बा गोल्ड कप उद्घाटनका कारण वीर अस्पतालको ओपिडी सेवा सञ्चालनमा पर्न गएको प्रतिकूलताप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हेपोनका अनुसार सार्वजनिक बिदाको दिन अस्पतालका इमर्जेन्सी सेवा सञ्चालनमै रहेका बेला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीमाथि कुटपिट भएको, अस्पतालभित्रै सार्वजनिक बिदाको व्यवस्थापन र सेवा सम्बन्धी निर्णय लिन स्वास्थ्य मन्त्रालय पूर्वतयारीबिनै हतारमा प्रस्तुत भएको भन्दै असन्तुष्टि जनाएको छ ।

संघले भविष्यमा यस्ता गलत समयमा हुने ‘जिम्मेवार निर्देशन’ दिई स्वास्थ्यकर्मीलाई झन् अपमानित र मन्त्रालय घटाउने कार्य नगर्न सरकारलाई चेतावनी दिएको छ । साथै, लोकप्रशासनबाट ओझेलमा रहेको स्वास्थ्य क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सम्मानजनक बनाउने वातावरण तयार गर्न पनि आग्रह गरेको छ ।

विज्ञप्तिमा यस्ता विषयमा निर्णय गर्दा सरोकारवालासँग पर्याप्त छलफल गर्न र समयमा समन्वय गर्न आग्रह गरिएको छ । “यस्ता प्रकारका विज्ञप्तिको परिपत्र मात्र गर्ने न्यूनतम मूल्य र मान्यता गुमाएर आएको निर्देशनलाई भविष्यमा पुनः नदोहोर्‍याउन” संघले सरकारलाई आग्रह गरेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ३ : ३३ बजे

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको

कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुविधासम्पन्न

भान्छादेखि बिरामीको बेडसम्म करको भार

गणपति, गणका मालिक श्रीगणेश, गणनाथ र वैदिक संस्कृतिको पर्याय हो–

पोखरा बसपार्कका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

पोखरा– पोखरा बसपार्क क्षेत्रका संरचना हटाउने तयारी भइरहेका बेला उच्च

प्रतिनिधिसभा निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला सुरु

काठमाडौं– निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य