बालेन सरकारको काम हेर्नुछ, मुल्यांकन समय भइसकेको छैन : कमल थापा  « Khabarhub

बालेन सरकारको काम हेर्नुछ, मुल्यांकन समय भइसकेको छैन : कमल थापा 


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका नेता कमल थापाले बालेन सरकारको काम हेर्नू पर्ने भएको भन्दै  मूल्याङ्कन गर्ने समय भइनसकेको तर सुशासनको पक्षमा प्रारम्भिक काम सकारात्मक रहेको बताएका छन् । 

मे दिवसको अवसरमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले मुलुक, जनता र प्रजातन्त्रको पक्षमा काम गर्नुपर्ने आवश्यकता रहेको चर्चा गर्दै थापाले समाजको हरेक क्षेत्रमा देखिएको राजनीतिक हस्तक्षेप र दलियकरणको न्यूनीकरणमा केही सकारात्मक कदम चालेको देखिएको भन्दै उनले प्रशंसा समेत गरे । 

आर्थिक विकास बिना मुलुकको सर्वाङ्गीण विकास सम्भव नभएकोले  दीर्घकालीन महत्वको कार्यक्रम के कसरी आउँछ ,त्यो प्रतीक्षाको विषय बनेको उनको भनाई छ । 

अब ठुलो भवितव्य बिना काङ्ग्रेस एमालेको पुनरुत्थान हुन सक्ने सम्भावना नभएको भन्दै थापाले जेन-जी आन्दोलन र निर्वाचन पछि काङ्ग्रेस एमाले प्रति जनताको ठुलो आक्रोश रहेको तर राप्रपा प्रति नभएको भन्दै त्यो समयको राप्रपाले सदुपयोग गर्न नसकेको बताए  । 

गइसकेको कुरा गरेर अहिले काम  नभएको भन्दै थापाले अब नयाँ ढंगबाट राप्रपालाई विकल्पको रुपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता  रहेकोमा जोड दिए । काङ्ग्रेस एमालेको एजेन्डा रास्वपाले बोकेको हुँदा वैकल्पिक राजनीतिक र वैचारिक शक्ति अब राप्रपा नै हुने उनको दाबी थियो । 

पार्टी समायोजनको विषय चाडै टुंगो लगाएर पार्टीमा गुट उपगुटलाई अन्त्य गर्दै आत्मीय वातावरणका साथ पार्टी उठाउने र बनाउने कार्यमा क्रियाशील हुन सबैलाई आग्रह गरे । मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता अझै बढेर गएको उनको तर्क थियो । मजदुर दिवसको अवसरमा सम्पूर्ण श्रमिक वर्गमा बधाई शुभकामना दिँदै थापाले टुकोनलाई धन्यवाद समेत व्यक्त गरे । 

कार्यक्रममा श्रमिक राजु तामाङलाई सम्मान सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा टुकोनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीले समेत बोलेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ४ : ४९ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी