दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु « Khabarhub

दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा सुरु भएको छ । 

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत डा दिनेश उप्रेतीसहितको टोलीले आज दुईजना बिरामीको एन्जियोप्लास्टि गरिएको हो ।

पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसँगै हृदयघात (हर्टअट्याक) भएका बिरामीलाई जिल्लामै सहजै उपचार गर्न सकिने डा देवकोटाले बताए ।

उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा यसरी पहिलो पटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रका लागि एउटा उपलब्धि हो । यसअघि मुटुको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने अवस्था रहेको थियो । 

योसँगै मुटुसम्बन्धी बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा श्याम लम्सालले बताए । 

‘उक्त उपचारका लागि १० करोड रुपैयाँ बराबरका सामग्री ल्याइएको छ । यसरी सामग्री तयारी गरेपछि पहिलो पटक वरिष्ठ मुटुरोग विशेषज्ञ डा देवकोटालाई ल्याएर सेवालाई सुरुआत गरिएको हो’, उनले भने ।

प्रतिष्ठानबाट केही दिनअघि एन्जोयोग्राफी सेवा दिइएको थियो । जुन निदानात्मक उपचार थियो भने आज एनियोप्लाष्टी सेवा सुरु गरिएको हो । 

दाङमै यो सेवा सुरु भएपछि जिल्लाबाहिरका बिरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले बताए । 

उनका अनुसार विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृतका लागि निवेदन पठाएकाले सूचीकृत हुने बित्तिकै बिरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुने समेत उनको भनाइ छ । हाल मुटुको उपचारका लागि एक लाखभन्दा बढी खर्च लाग्ने गरेको छ ।  

जब हृदयाघात भएको थाहा भयो…

रोल्पा थवाङ गाउँपालिका-५ निवासी ७५ वर्षीया धनजिता विकको मुटु दुख्ने, सास फेर्न गाह्रो हुने, पेट फुल्ने समस्या हुन्थ्यो । त्यसपछि उपचारका लागि परिवारले दाङका निजी अस्पतालहरूमा पुर्‍याए । तर, कुनै रोग पत्ता लागेन । 

गत शुक्रबार प्रतिष्ठानमा मुटुको परीक्षण गरियो, त्यसपछि पत्ता लाग्यो धनजितालाई हृदयाघात भएको थियो । त्यसपछि उनको आज एनियोप्लाष्टी गरिएको अस्पताल स्रोतले जनाएको छ । 

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका-९ निवासी ७५ बर्षीय गङ्गाधर कँडेलको पनि मुटुमा समस्या भएपछि हृदयाघात भएको थियो । त्यो कुरा प्रतिष्ठानमा मुटु जाँच गराएपछि थाहा भएको परिवारले बताएका छन् । 

उनीहरू दुवै जनाको एनियोप्लाष्टी गरिएको थियो । योसँगै अब नियमित एनियोप्लाष्टी हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा लम्सालले बताए । रासस

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ७ : ०७ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी