३८० वर्ष पुरानो ‘माण्डव्य ऋषिको रथयात्रा’ « Khabarhub

३८० वर्ष पुरानो ‘माण्डव्य ऋषिको रथयात्रा’


१८ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तानसेन– तानसेन नगरपालिका–९ दमकडामा ३८० वर्ष पुरानो माण्डव्य ऋषिको रथयात्रा निकालिएको छ । 

माण्डव्य ऋषिको तपोभूमिका रूपमा रहेको माडीफाँटको दक्षिण दमकडास्थित माण्डव्य ऋषिको मन्दिरबाट आज उक्त रथयात्रा निकालिएको हो ।
 
हरेक वर्ष वैशाख पूर्णिमाका दिन रथयात्रा निकाल्ने गरिन्छ । मन्दिर स्थापना भएको ३७७ वर्ष पूरा भएको अवसरमा पहिलो पटक यहाँ रथयात्रा निकालिएको थियो । यो चौथो रथयात्रा हो । 

माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानका तानसेनको आयोजना र तानसेन नगरपालिका–९ वडा कार्यालयको सहआयोजनामा रथयात्रा निकालिएको हो । रथयात्रा तिन्टीआप, दमकडा र अम्लेयान क्षेत्रमा घुमाइएको थियो । 

रथयात्राका क्रममा स्थानीय भजनकीर्तन, पञ्चेबाजा, ब्याण्डबाजासहित सङ्घसंस्था, टोल विकास संस्था, स्थानीय आमा समूहको सहभागिता रहेको थियो ।

माण्डव्य ऋषिको योगदानलाई जनमासमा पुर्‍याउन र बौद्धिक परम्परागत कला, संस्कृति जोगाउन विगत चार वर्षदेखि रथयात्रा निकाल्न थालिएको माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अर्यालले बताए । 

छ हजार वर्ष अगाडि माण्डव्य ऋषिले तपस्या गरेको तपोभूमि भएकाले यसको धार्मिक तथा ऐतिहासिक महत्त्व रहेको उनको भनाइ छ । 

ऋषिकै नामबाट नामकरण गरिएको माडीफाँटको किनार दमकडामा मन्दिर स्थापना गरिएको छ । तपस्या र साधनायुक्त ठानिने माण्डव्य ऋषिको यहाँ मन्दिर स्थापना गरिएको स्थानीय पत्रकार प्रकाश नेपालले बताए । 

धार्मिकशास्त्रमा ऋषिको व्यख्याअनुरूप महत्त्व र महिमा ठूलो भए पनि प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको उनको भनाइ छ । रथलाई विगतमा जस्तै उत्साहजनक रूपमा निकालिएको प्रतिष्ठानका सदस्य लोकनाथ अधिकारीले बताए । उनका अनुसार यो मन्दिर विसं १७०३ मा स्थापना गरिएको थियो ।

पुरानो र ऐतिहासिक, धार्मिक सम्पदाका रूपमा रहेको यो मन्दिरको प्रचारप्रसार नहुँदा भने ओझेलमा परेको छ । मन्दिरको आफ्नै महत्त्व र इतिहास रहे पनि सम्बन्धित निकायले चासो नदिँदा भने ओझेलमा पर्न गएको हो ।

स्थानीय धार्मिक, संस्कृति, पर्यटकीय सम्पदाको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको रहे पनि विगतका स्थानीय सरकारले यस्ता सम्पदाप्रति बेवास्ता गर्दा ओझेलमा परेका हुन् । अहिलेको स्थानीय सरकारले भने माण्डव्य ऋषि मन्दिरको प्रचारप्रसारमा केही चासो देखाएको छ । 

यो मन्दिरको प्रचारप्रसार गरी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्य राखेर तानसेन नगर सरकार र वडा कार्यालयले चासो देखाएका छन् ।

मन्दिर स्थापना भएको केही वर्षसम्म रथ निकाल्ने परम्परा रहे पनि लामो समययता निकालिएको थिएन । वडाबाट केही बजेट विनियोजन भएपछि भने अहिले रथयात्राले निरन्तरता पाएको प्रतिष्ठानले जनाएको छ । 

रथयात्रा प्रसिद्ध महर्षि माण्डव्य ऋषिको योगदानको सम्मानमा निकाल्ने गरिएको वडाध्यक्ष राजेशकुमार अर्यालले बताए । उनी भन्छन्, ‘माण्डव्य ऋषिको तपोभूमि, साधनाभूमि र शास्त्रार्थस्थका रूपमा परिचित यस क्षेत्रको प्रचारप्रसार गर्नुका साथै स्थानीय धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको छ ।’ 

यहाँको मन्दिर पुनर्निर्माणका लागि पूर्वमन्त्री तथा स्थानीय सोमप्रसाद पाण्डेले सङ्घीय सरकारमार्फत बजेट विनियोजन गरेका थिए  । 

यो क्षेत्र प्राचीनकालदेखि नै माण्डव्य ऋषिको तपस्यास्थलका रूपमा चिनिँदै आएको छ । पद्म पुराणमा उल्लेख भएअनुरूप माडीफाँट आसपासदेखि सत्यवतीसम्म माण्डव्य ऋषिको प्रसङ्ग जोडिने गर्दछ । 

माण्डव्य ऋषिले साधनाको क्षेत्रमा मात्र नभई आयुर्वेदिक चिकित्सा क्षेत्रमा समेत उत्तिकै दख्खल राखेको पाइन्छ । माण्डव्य ऋषिको नेपाल सरकारले केही समय अगाडि हुलाक टिकट प्रकाशनमा ल्याएको थियो । यसको महत्त्व र महिमा धेरै भए पनि प्रचारप्रसारको कमीले गर्दा ओझेलमा परेको छ । रासस

प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार  ७ : ३१ बजे

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै